: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई 'भेनेजुएलाको कार्यवाहक राष्ट्रपति' घोषणा गरेका छन्।
ट्रम्पले ट्रुथ सोसलमा आफ्नो एउटा तस्बिर पोस्ट गर्दै आफूलाई "भेनेजुएलाको कार्यवाहक राष्ट्रपति" भनेका हुन्।
जनवरी ३ मा अमेरिकाले भेनेजुएलाविरुद्ध कारबाही गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई 'कब्जा' गरेको थियो।
मादुरोले हतियार र लागूपदार्थ तस्करीको आरोपमा अमेरिकामा मुद्दाको सामना गरिरहेका छन्।