मुख्य समाचार
थाइल्याण्डमा सुरु भएको साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ
थाइल्याण्डमा सुरु भएको साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ

। थाइल्याण्डमा आजदेखि सुरु भएको साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ ।

निर्धारित ४० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलमा श्रीलंकाले सुरुवाती अग्रता लिएर नेपालले पुनरागमन गर्दै २-१ ले अगाडि आएको थियो ।

तर श्रीलंकाले फेरि गोल फर्काउँदै अंक जोगाएको हो । बराबरीसँगै दुवै टोलीले १-१ अंक जोडेका छन् ।

नेपालका लागि मनीषा थापामगरले ११औं तथा बिमला चौधरीले १५औं मिनेटमा गोल गरेका थिए । श्रीलंकाका थर्मिका शिभानेस्वरनले दोस्रो मिनेटमा तथा थरिलि लियानागेले २५औं मिनेटमा गोल गरिन् ।


नेपाली महिला टोलीले यसपछि १५ जनवरीमा माल्दिभ्स, १७ जनवरीमा भारत, १९ जनवरीमा बंगलादेश, २१ जनवरीमा पाकिस्तान तथा २५ जनवरीमा भुटानसँग खेल्नेछ ।

साफले पहिलोपटक फुटसल च्याम्पियनसिप आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा आज काँक्रेविहार युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल विहान ११ बजेदेखि सुरु हुनेछ । आजै दिउँसो ३ बजे श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने ...
सेमिफाइनलको पहिलो लेगमा न्युकासलमाथि सिटीको जित
। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको पहिलो वार्म अप खेलमा नेपाली टोलीले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ । खेल बुधबार विहान ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। नेपाली महिला टोलीले हालसम्म आयरल्यान्डसँग खेलेको छैन । यो खेल आधिकारिक रूपमा कतै मान्य नहुने भएपनि छनोटको मुख्य खेलअघि एक्सपोजरका लागि महत्वपूर्ण हुनेछ । आयरल्यान्डले यसअघि चारपटक महिला टी-२० ...
: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ। लिगमा १७ क्लबको सहभागिता रहनेछ भने बुधबार हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने छ। त्यस्तै बुधबार नै हुने दोस्रो खेलमा श्री ...
: पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको ‘अर्ली इलेक्सन’सम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले उम्मेदवारी दर्तालगायत निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। पाटन उच्च अदालतका न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले सोमबार एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम