मुख्य समाचार
महिला टी-२० विश्वकप ग्लोबल छनोट : वार्म अप खेलमा नेपालले आयरल्यान्डसँग खेल्दै
महिला टी-२० विश्वकप ग्लोबल छनोट : वार्म अप खेलमा नेपालले आयरल्यान्डसँग खेल्दै

। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको पहिलो वार्म अप खेलमा नेपाली टोलीले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ ।

खेल बुधबार विहान ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। नेपाली महिला टोलीले हालसम्म आयरल्यान्डसँग खेलेको छैन ।

यो खेल आधिकारिक रूपमा कतै मान्य नहुने भएपनि छनोटको मुख्य खेलअघि एक्सपोजरका लागि महत्वपूर्ण हुनेछ ।

आयरल्यान्डले यसअघि चारपटक महिला टी-२० विश्वकप खेलेको छ । पछिल्लोपटक सन् २०२३ मा भएको विश्वकप खेलेको थियो । महिला टी-२०आई वरियतामा नवौं स्थानमा छ ।

नेपालले यसअघि अमेरिकासँग तीनवटा अनि स्कटल्यान्डसँग एक अभ्यास खेल खेलेको थियो ।

अमेरिकासँगको २ खेल जित्दा एक खेलमा पराजित भएको थियो भने स्कटल्यान्डसँग पराजित भएको थियो ।

आयरल्यान्ड र अमेरिकासँगको वार्म अप खेलपछि नेपालले समूह चरणमा थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबेसँग खेल्नेछ ।

समूह चरणमा शीर्ष ३ भएर सुपर सिक्समा नेपालले अर्को समूहबाट आएका ३ टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्समा शीर्ष ४ मा रहन सके नेपाल विश्‍वकपमा छनोट हुनेछ ।

नेपालका खेलहरू

जनवरी १४ : आयरल्यान्डसँग वार्म अप खेल
जनवरी १६ : अमेरिकासँग वार्म अप खेल

जनवरी १८ : थाइल्यान्डसँग समूह चरणको खेल
जनवरी २२ : नेदरल्यान्ड्ससँग समूह चरणको खेल
जनवरी २४ : जिम्बाबेसँग समूह चरणको खेल
जनवरी २६ : स्कटल्यान्डसँग समूह चरणको खेल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा आज काँक्रेविहार युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल विहान ११ बजेदेखि सुरु हुनेछ । आजै दिउँसो ३ बजे श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने ...
सेमिफाइनलको पहिलो लेगमा न्युकासलमाथि सिटीको जित
। थाइल्याण्डमा आजदेखि सुरु भएको साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ । निर्धारित ४० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलमा श्रीलंकाले सुरुवाती अग्रता लिएर नेपालले पुनरागमन गर्दै २-१ ले अगाडि आएको थियो । तर श्रीलंकाले फेरि गोल फर्काउँदै अंक जोगाएको हो । बराबरीसँगै दुवै टोलीले १-१ अंक जोडेका छन् । नेपालका लागि ...
: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ। लिगमा १७ क्लबको सहभागिता रहनेछ भने बुधबार हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने छ। त्यस्तै बुधबार नै हुने दोस्रो खेलमा श्री ...
: पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको ‘अर्ली इलेक्सन’सम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले उम्मेदवारी दर्तालगायत निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। पाटन उच्च अदालतका न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले सोमबार एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम