। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
पहिलो खेलमा आज काँक्रेविहार युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल विहान ११ बजेदेखि सुरु हुनेछ ।
आजै दिउँसो ३ बजे श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ ।
राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोली गरी १७ टोलीको सहभागिता रहनेछ । सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कुल १३६ खेल हुनेछ ।
एन्फाले ४८ खेल सम्मको मिति र खेलस्थल समेत तोकेको छ भने ६४ खेलसम्मको मिति पनि तय गरेको छ । बाँकी ७२ खेलको मिति तय हुन बाँकी छ ।
राष्ट्रिय लिगको विजेताले ५० लाख पुरस्कार प्राप्त गर्नेछ ।