मुख्य समाचार
देउवा पक्षले महामन्त्रीबाट कारबाहीमा परेका विश्वप्रकाश शर्माले पार्टी र देशलाई बदल्नसक्ने मान्छे गगन थापा मात्रै भएको बताए
देउवा पक्षले महामन्त्रीबाट कारबाहीमा परेका विश्वप्रकाश शर्माले पार्टी र देशलाई बदल्नसक्ने मान्छे गगन थापा मात्रै भएको बताए

। नेपाली कांग्रेसको देउवा पक्षले महामन्त्रीबाट कारबाहीमा परेका विश्वप्रकाश शर्माले पार्टी र देशलाई बदल्नसक्ने मान्छे गगन थापा मात्रै भएको बताएका छन् ।

बुधबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।


‘हामी प्रतिबद्ध गर्छौं, यो कांग्रेस नेतृत्व गर्नसक्ने र देशलाई बदल्नसक्ने दह्रो मान्छे गगन थापा हो । यहाँ अलमलिनुपर्ने कारण नै छैन,’ उनले भने ।

आफू कारबाहीबाट नआत्तिएको बताउँदै राजनीतिमा कहिलेकाहीं यस्तो हुने जिकिर गरे । यसलाई स्वाभाविक रुपमा लिन पनि शर्माले जानकारी दिएका छन् ।




‘हामी यसलाई बदल्छौं । कारबाहीमा परेका हामी नै आत्तिएका छैनौं । राजनीतिमा यस्तो हुन्छ । यो स्वाभाविक हो,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका छन् । शेरबहादुर देउवा पक्षले पाँच वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको केहीबेरमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा ...
। पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नभएपछि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेपछि अब कांग्रेस विभाजनको सँघारमा पुगेको छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको पार्टीको आम संरचनात्मक सुधार लागयतका प्रस्ताव मंगलबार साँझ पारित भएका छन् । यी प्रस्ताव पारित हुँदै गर्दा महामन्त्री गगन थापाले आफूहरु विद्रोहमा ...
। तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । गत शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । उक्त प्रकरणमा मङ्गलबार एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका व्यक्तिले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उनले ...
निर्वाचन प्रक्रिया अघि बढाउँदै कांग्रेस विशेष महाधिवेशन पक्ष, वार्ता पनि जारी राख्ने
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् । पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको उनको भनाइ छ । बन्दसत्रको समापन समारोहमा बोल्ने क्रममा थापाले भनेका छन्, ‘यो विद्रोह हो । प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो । मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो ।’ उनले आफूलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम