मुख्य समाचार
फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

। तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् ।

गत शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । उक्त प्रकरणमा मङ्गलबार एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने गरेको प्रहरीले जनाएको छ ।

मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरका ५८ वर्षीया देउमाया थापाको सनाखत भएको छ भने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भइरहेका छलफल सफलता उन्मुख नरहेको बताएका छन् । जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सहमतिका लागि हदैसम्म लचकता अपनाउँदा पनि समाधान ननिस्किएको बताएका हुन् । उनले बैठकमा भने, ‘हामीले धेरै प्रयास गर्‍यौँ । धेरै नै लचकता अपनाउँदा पनि अहिसम्म समाधान हुन सकेको छैन । छलफलले ...
। इजरायल र ओमानसँग श्रम सम्झौता गर्न नेपालले सम्बन्धित देशलाई पत्राचार गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत इजरायल र ओमानलाई श्रम सम्झौताका लागि पत्र पठाएको हो । २१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले ओमानसँग श्रम समझदारीपत्र र इजरायलसँगको श्रम सम्झौता स्वीकृति गर्ने निर्णय गरेको थियो । सोही अनुसार श्रम मन्त्रालयले परराष्ट्र मार्फत ...
क्यान्सर प्रभावित विपन्न नागरिकको उपचार सहयोगार्थ मध्यपहाडी लोकमार्गमा साइकल यात्रा सुरु
। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका छन् । शेरबहादुर देउवा पक्षले पाँच वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको केहीबेरमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा ...
। पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नभएपछि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेपछि अब कांग्रेस विभाजनको सँघारमा पुगेको छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको पार्टीको आम संरचनात्मक सुधार लागयतका प्रस्ताव मंगलबार साँझ पारित भएका छन् । यी प्रस्ताव पारित हुँदै गर्दा महामन्त्री गगन थापाले आफूहरु विद्रोहमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम