मुख्य समाचार
देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताए
देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताए

। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका छन् । शेरबहादुर देउवा पक्षले पाँच वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको केहीबेरमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ ।’




साथै शर्माले सहमतिका लागि के कस्ता बुँदा प्रस्तुत गरिएको थियो भनेर समेत प्रस्तुत गरेका छन् ।

उनका अनुसार सहमतिका लागि प्रस्तावित ८ बुँदा थिए । उनले ति बुँदा उल्लेख गर्दै भनेका छन्, ‘कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ ?’




शर्माका अनुसार विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने, विशेष महाधिवेशन परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने, सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने, उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने लगायतका विषय सहमतिका लागि प्रस्तुत गरिएका थिए ।

८ बुँदामा आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने, कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने, नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने र यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने विषय पनि थियो । यस्तो संरचनामा कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने भनिएको थियो ।

त, यसमा सहमति हुन सकेन । त्यसपछि देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा सहितका नेताहरूलाई कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रहरी भन्दै लुटपाट गर्दै हिँडेको आरोपमा नक्कली प्रहरी समातिएका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ का ३३ वर्षीय आकाश भनिने विक्रान्त केसी छन् । उनले २५ पुसमा सिनामंगलमा केही व्यक्तिलाई आफू प्रहरी बताउँदै लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताए । पक्राउ परेका केसीको कोठा खानतलासी गर्दा लागु औषध र सुनका सिक्री, ...
। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् । अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी रहेको तर पौडेल र घिमिरे महामन्त्रीमा चयन भएका छन् । आज बिहान उम्मेदवारी दिँदा महामन्त्री पदमा उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो । महामन्त्रीमा पौडेल र घिमिरे चयन भएको नेता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यस्तै सभापति ...
। मोटरसाइकल चोरी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग बुङमतिको संयुक्त टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का २२ वर्षीय सन्तोष चौधरी, भारतको बिहार मोतिहारी घर भइ कीर्तिपुर चोभारमा वर्कशप चलाउने २३ वर्षीय काजिम शेख, रौतहटको गरुडा नगरपालिका–६ ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताएका छन् । ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रुपमा जनतासँग भेट हुनेगरी घरदैलो अभियानलाई तीव्रता दिने बताएका हुन् । सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको समायोजन कार्यक्रममा ...
। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् । देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मा सहितलाई पाँच वर्षका लागि निष्काशनको निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारिक नै विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन् । ‘हामीले सभापतिले छोडे हुन्छ भनेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम