। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सभापति शेरबहादुर देउवाले आफू निर्वाचनको टिकटमा हस्ताक्षर नगर्न पनि तयार रहेको बताएको जानकारी दिएका छन् ।
पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा सहमतिका लागि भएको वार्ताको बारेमा जानकारी गराउँदै देउवाले भनेको कुरा उल्लेख गरेका हुन् ।
सभापति र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच बुधबार बिहान भएको छलफलमा सभापतिले आफू टिकटमा हस्ताक्षर नगर्न तयार रहेको बताएको लेखकले जानकारी दिए ।
‘टिकटमा सही नगर्न म तयार छु । तपाईंहरू कसल गर्ने हो गर्नू । कानुनी कुरा के हुन्छ हेर्नू ।’ देउवालाई उदृत गर्दै लेखकले बैठकमा भने ।
लेखकले बैठकमा महामन्त्रीहरू विशेष महाधिवेशन आह्वान गरेर पार्टी विभाजनतर्फ लगेको बताएका थिए ।