मुख्य समाचार
भृकुटीमण्डपमा कार्यकर्ता भन्छन् – प्रष्ट कांग्रेस र भ्रष्ट कांग्रेस छुट्टियो
भृकुटीमण्डपमा कार्यकर्ता भन्छन् – प्रष्ट कांग्रेस र भ्रष्ट कांग्रेस छुट्टियो

नेपाली कांग्रेस संस्थापनले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपको माहोल झन् तातिएको छ । यसअघिभन्दा धेरै कार्यकर्ताको जमघट भृकुटीमण्डपमा देखिन्छ ।

‘अब के होला ?, निर्वाचन आयोगले आधिकारिकता नदिए के होला ?,’ विशेष महाधिवेशन पक्षधर कार्यकर्ता अन्योलमा देखिन्छन् । कतै अब यही कारण चुनावसर्ने त होइन भन्ने आशंका पनि देखिन्छ ।




‘अघि बढ गगन दाइ…,’ भन्दै कार्यकर्ता नाराबाजी गरिरहेका छन् । भृकुटीमण्डप आएका कांग्रेस कार्यकर्ता कति उत्साही छन् भने कति निराश र अन्यौलग्रस्त देखिन्छन् ।

भृकुटीमण्डपमा भेटिएकी लक्ष्मी दाहाल, योसँगै भ्रष्ट कांग्रेस र प्रष्ट कांग्रेस छुट्टिएको बताउँछिन् । सुसंस्कृत राजनीतिको मुद्दा बोक्दै समय सापेक्ष ढंगमा कांग्रेसलाई अघि बढाउँदा कसैले कारबाही गर्छ भने त्यो गर्नेहरूकै समस्या रहेको उनले बताइन् ।




त्यस्तै, विशेष महाधिवेशनले यसअघि नै भङ्ग गरिसकेको केन्द्रीय समितीले कसैलाई कारबाही गर्नुको कुनै तुक नरहेको दाहालको भनाइ छ ।



‘उहाँहरू (केन्द्रीय समिति)लाई विशेष महाधिवेशनले भङ्ग गरिसकेको छ । अनि कुन आधारमा उहाँहरूले कारबाही गर्नुहुन्छ ? यो कारबाहीको कुनै तुक छैन,’ दाहालले भनिन् ।

अब कांग्रेस र देशको नेतृत्व नै गगन–विश्वले गर्ने बताउँदै उनले यही कांग्रेसलाई आयोग र जनता दुवैले अनुमोदन गर्ने दाबी गरिन् । कांग्रेस महासमिति सदस्य जाजरकोटका जनकबहादुर नेपाली वादी भने यसलाई पार्टी फुटेको भन्न नमिल्ने बताउँछन् ।

विशेष महाधिवेशनले भङ्ग गरिसकेको कार्यसमितिले गगन–विश्व लगायतका नेतालाई कारबाही गर्नुको कुनै तुक नरहेको वादीको भनाइ छ । ‘बहुमत महाधिवेशन प्रतिनिधि यता छौं । हामीले विशेष अधिवेशन आह्वान गरेर सबै भङ्ग गरेपछि त्यसले कसरी कारबाही गर्छ ? त्यसैले कांग्रेस हाम्रो हो, फुटेको छैन,’ उनले दाबी गरे ।



वादीका अनुसार यो विशेष महाधिवेशनले कुनै नेतालाई कारबाही गरेको छैन । सबै नेता कांग्रेसमै छन् । ‘यदि उहाँहरू नै कांग्रेस छोडेर जानुभयो भने अर्को कुरा, नत्र हामीले कारबाही गरेका छैनौं,’ उनले दाबी गरे, ‘शेरबहादुर एन्ड टिमले विशेष महाधिवेशनको निर्णय नस्वीकार्नुको विकल्प छैन ।’

कानुन बमोजिम निर्वाचन आयोग र अदालतले पनि विशेष महाधिवेशनलाई अधिकारिक मान्ने वादीको विश्वास छ । विशेष महाधिवेशन पहिलोपटक १४ सालमा पनि भएको बताउँदै उनले दोस्रो विशेष महाधिवेशनलाई वैधानिक नमान्नुपर्ने कुनै कारण नरहेको बताए । आयोगले आधिकारिकता नदिए आयोगमै धर्नामा बस्ने वादीको भनाइ छ ।

त्यस्तै, भृकुटीमण्डपमा आएका कांग्रेस युवा विनोदराज जोशीले पनि आफूहरू आधिकारिक कांग्रेस हुने दाबी गरे । भदौ २३ र २४ को आन्दोलनपछि युवाहरूको भावना सम्बोधन गर्न बहुमत कांग्रेस महाधिवेशन प्रतिनिधिले यो निर्णय लिएको दाबी जोशीले गरे ।

‘बहुमत जता, कांग्रेस त्यतै हो । र, त्यो चार तारा र रुख हाम्रै हुन्छ भन्नेमा ढुक्क छु,’ जोशीले आयोगप्रति सन्देह व्यक्त गर्दै भने, ‘तर, आयोगमा कुनै षड्यन्त्र भयो वा विधानविपरीत निर्णय भयो भने त्यो धोका हुन्छ । हामी आयोगलाई पनि चेतावनी दिन्छौं ।’



तर, यदि आयोगले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएन भने के गर्नुहुन्छ ? अनलाइनखबरको प्रश्नमा जोशीले जता कांग्रेस विचार हुन्छ आफू त्यतै रहने बताए ।

‘नाम, चिह्न, झन्डा सबै प्राविधिक कुरा हो । नाम छ, तर विचार छैन भने त्यो कांग्रेस हुन्न। विचारमा कांग्रेस जहाँ रहन्छ हामी त्यही हुन्छौं,’ जोशीले भने ।

त्यस्तै, शेरबहादुर देउवाले आफ्नो राजनीति जीवनको उत्तरार्धमा स–सम्मान बाहिरिने मौका गुमाएको जोशीले बताए । उनले थपे, ‘देउवाले त्यो गुमाउनुभयो । वैधानिक रूपमा कल गरिएको यो महाधिवेशन नमान्नु उहाँको भूल हो । आमजनको भावना नबुझ्नेहरूको हठले आज कांग्रेसजन निराशामा छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सभापति शेरबहादुर देउवालाई कुरा बुझाउनै नसकेको बताएका छन् । देउवा पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले देउवाले ‘वैशाखमा नियमिति महाधिवेशन हुन्छ र त्यै बेलामा सभापति बन्नू’ भनेर आजै बिहान पनि भनेको बताए । ‘मैले उहाँलाई कुरा बुझाउनै सकिनँ । म त अहिले महामन्त्री छु ...
। नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता शर्माले पार्टीलाई परिवर्तित समयअनुसार चलाएर अघि बढौँ भन्दा कारबाहीमा परिएको टिप्पणी समेत गरे । पार्टीलाई हालको अवस्थाबाट माथि उठाउन जारी महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी समेत गर्दै ...
। प्रहरी भन्दै लुटपाट गर्दै हिँडेको आरोपमा नक्कली प्रहरी समातिएका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ का ३३ वर्षीय आकाश भनिने विक्रान्त केसी छन् । उनले २५ पुसमा सिनामंगलमा केही व्यक्तिलाई आफू प्रहरी बताउँदै लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताए । पक्राउ परेका केसीको कोठा खानतलासी गर्दा लागु औषध र सुनका सिक्री, ...
। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् । अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी रहेको तर पौडेल र घिमिरे महामन्त्रीमा चयन भएका छन् । आज बिहान उम्मेदवारी दिँदा महामन्त्री पदमा उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो । महामन्त्रीमा पौडेल र घिमिरे चयन भएको नेता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यस्तै सभापति ...
। मोटरसाइकल चोरी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग बुङमतिको संयुक्त टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का २२ वर्षीय सन्तोष चौधरी, भारतको बिहार मोतिहारी घर भइ कीर्तिपुर चोभारमा वर्कशप चलाउने २३ वर्षीय काजिम शेख, रौतहटको गरुडा नगरपालिका–६ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम