मुख्य समाचार
विद्यार्थी भिसा नीतिमा अस्ट्रेलियाको कडाइ, नेपाल उच्च जोखिममा
विद्यार्थी भिसा नीतिमा अस्ट्रेलियाको कडाइ, नेपाल उच्च जोखिममा

। अस्ट्रेलियाले विद्यार्थी भिसाको जाँच प्रक्रियामा कडाइ गरेको छ । अस्ट्रेलियाको शिक्षा विभागले उच्च जोखिममा रहेका देशहरूको भिसामा कडाइ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

जसमा नेपाल पनि परेको छ । नेपालसहित भारत, बंगलादेश र भुटानका विद्यार्थीका लागि भिसा जाँच प्रक्रिया कडा बनाएको हो । यी देशको विद्यार्थीको भिसा ‘हाइ रिस्क’मा राखिएको छ ।




भिसा प्रक्रिया रोकिएको भने होइन तर प्रक्रियाको लागि थप कागजात पेस गर्नुपर्ने छ । अस्ट्रेलियाले सन् २०२६ जनवरी ८ देखि नयाँ नीति लागू भएको समाचारमा जनाइएको छ । यो सँगै नेपालसहति जोखिममा राखिएको देशको लेभल पनि घटाइएको छ ।

घटुवामा पर्नेमा दक्षिण एसियाली देशहरू छन् । नेपालको लेभल २ बाट घटेर ३ मा पुगेको छ । भुटानको पनि २ बाट ३ लेभलमा पुगेको समाचारमा जनाइएको छ ।




बंगलादेश लेभल १ बाट लेभल ३ मा घटुवा भएको छ । श्रीलंका १ बाट लेभल २ मा झरेको छ । लेभल १ कम जोखि, लेभल २ मध्यम र लेभल ३ उच्च जोखिममा पर्छ ।

बैंकिक कागजात र शैक्षिक प्रमाणपत्रमा आशंका उब्जिएपछि अस्ट्रेलियाले यो नीति लिएको हो । अब पेस गर्ने कागजातको कडाइका साथ अध्ययन गरेपछि मात्र भिसा दिने छ । भाषा, वित्तिय विवरण, शैक्षिक प्रमाणपत्र र जान चाहनुको मनसायलगायतका वास्तिक प्रमाण आवश्यक पर्ने छ । यो प्रक्रियाले सयम लाग्ने र जानको लागि लागतसमेत बढ्न सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वभर रोजगारीको गुणस्तरमा सुधार आउन नसकेको जनाएको छ ।
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तोसुकै कदम चालेर आर्कटिक क्षेत्रको ग्रीनल्यान्डलाई आफ्नो कब्जामा लिने नयाँ प्रतिबद्धता दोहोर्‍याएपछि उत्तरी ध्रुवीय क्षेत्रमा तनाव बढेको छ । कूटनीतिक घटनाक्रमहरू तीव्र गतिमा अघि बढ्दै गर्दा ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक नील्सन र नेटोका महासचिव मार्क रुटले यस टापुको सुरक्षामा कुनै पनि सम्झौता नहुने र यो पश्चिमी गठबन्धनको अभिन्न अंग रहेको कुरा दोहोर्‍याएका ...
: मलेसिया र इन्डोनेसियाले एलोन मस्कको कम्पनी एक्सको एआई च्याटबट ग्रोकलाई प्रतिबन्ध लगाएका छन्। यो एआई उपकरणमाथि प्रतिबन्ध लगाउने यी विश्वका पहिलो देशहरू हुन्। ग्रोकले प्रयोगकर्तालाई तस्बिर उत्पन्न गर्न अनुमति दिन्छ। यद्यपि, हालका हप्तामा यो मानिसहरूको सहमति बिना उनीहरूको तस्बिर सम्पादन गर्न प्रयोग गरिएको छ। मलेसिया र इन्डोनेसियाले ग्रोकलाई महिला र बालबालिका संलग्न अश्लील र गैर-सहमतिपूर्ण तस्बिर ...
: इरानमा सैन्य हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको जवाफमा चीनले प्रतिक्रिया जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, "चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको विरोध गर्दछ।" पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनिन्, "हामीले सधैं देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गर्दै आएका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई 'भेनेजुएलाको कार्यवाहक राष्ट्रपति' घोषणा गरेका छन्। ट्रम्पले ट्रुथ सोसलमा आफ्नो एउटा तस्बिर पोस्ट गर्दै आफूलाई "भेनेजुएलाको कार्यवाहक राष्ट्रपति" भनेका हुन्। जनवरी ३ मा अमेरिकाले भेनेजुएलाविरुद्ध कारबाही गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई 'कब्जा' गरेको थियो। मादुरोले हतियार र लागूपदार्थ तस्करीको आरोपमा अमेरिकामा मुद्दाको सामना गरिरहेका छन्।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम