मुख्य समाचार
प्रचण्डले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताए
प्रचण्डले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताए

। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताएका छन् ।

ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रुपमा जनतासँग भेट हुनेगरी घरदैलो अभियानलाई तीव्रता दिने बताएका हुन् ।

सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको समायोजन कार्यक्रममा बोल्दै उनले युवा पुस्तालाई निर्वाचनमा आफ्नो पार्टीप्रति आर्कर्षित गराउनका लागि सुचना प्रविधिको प्रयोगमा पनि जोड दिने नीति पार्टीले लिने बताए ।

‘अब हामी अहिलेको जमाना अनुसार चुनाव आउँदैछ, ठूलठूला सभा गर्नेतिर भन्दा अब घरघर, टोलटोलमा जनतासँग प्रत्यक्ष भेटघाट गरेर हाम्रा संकल्पहरू हाम्रा एजेण्डाहरू उनीहरूलाई बुझाउने कुरा महत्त्वपूर्ण छ । ठूला सभा गरेर भोट धेरै आउने भन्ने जमाना धेरै पुराना भइसक्यो अब । हामीले सात वटै प्रदेशमा अपिल त गरिसक्यौं,’ उनले भने ।


संयोजक प्रचण्डले विगतमा गरेर गल्ती नदोहोर्‍याउने बाचासहित पार्टीको निर्वाचन प्रचारमा जुटन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

‘अब जनताको घरघरमा गएर टोलटोलमा गएर उनीहरूलाई हाम्रा एजेण्डा यी हुन, हामी पुराना गल्तीबाट सिकेर नदोहोर्‍याउने गरी चाहेका छौँ । र यो देशको नेतृत्व लिन चाहेका छौँ भनेर जनतालाई बुझाउन जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सभापति शेरबहादुर देउवालाई कुरा बुझाउनै नसकेको बताएका छन् । देउवा पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले देउवाले ‘वैशाखमा नियमिति महाधिवेशन हुन्छ र त्यै बेलामा सभापति बन्नू’ भनेर आजै बिहान पनि भनेको बताए । ‘मैले उहाँलाई कुरा बुझाउनै सकिनँ । म त अहिले महामन्त्री छु ...
। नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता शर्माले पार्टीलाई परिवर्तित समयअनुसार चलाएर अघि बढौँ भन्दा कारबाहीमा परिएको टिप्पणी समेत गरे । पार्टीलाई हालको अवस्थाबाट माथि उठाउन जारी महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी समेत गर्दै ...
। प्रहरी भन्दै लुटपाट गर्दै हिँडेको आरोपमा नक्कली प्रहरी समातिएका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ का ३३ वर्षीय आकाश भनिने विक्रान्त केसी छन् । उनले २५ पुसमा सिनामंगलमा केही व्यक्तिलाई आफू प्रहरी बताउँदै लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताए । पक्राउ परेका केसीको कोठा खानतलासी गर्दा लागु औषध र सुनका सिक्री, ...
। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् । अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी रहेको तर पौडेल र घिमिरे महामन्त्रीमा चयन भएका छन् । आज बिहान उम्मेदवारी दिँदा महामन्त्री पदमा उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो । महामन्त्रीमा पौडेल र घिमिरे चयन भएको नेता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यस्तै सभापति ...
। मोटरसाइकल चोरी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग बुङमतिको संयुक्त टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का २२ वर्षीय सन्तोष चौधरी, भारतको बिहार मोतिहारी घर भइ कीर्तिपुर चोभारमा वर्कशप चलाउने २३ वर्षीय काजिम शेख, रौतहटको गरुडा नगरपालिका–६ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम