मुख्य समाचार
मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय
मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय

फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो रियालिटी ल्याब्स विभागमा कार्यरत १ हजार भन्दा धेरै कर्मचारी हटाएको छ ।

मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेसँगै त्यसले चर्चा पाएको हो।




रियालिटी ल्याब्स त्यही इकाइ हो, जसले भर्चुअल रियालिटी, मेटाभर्स र एक्सटेन्डेड रियालिटी जस्ता प्रविधिमा काम गर्दै आएको थियो।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुकको नाम नै परिवर्तन गरेर मेटा राखेका थिए र मेटाभर्समा अर्बौँ डलर लगानी गरेका थिए।




तर उक्त क्षेत्रमा मेटाले अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि जनशक्ति कटौतीको निर्णय गरिएको हो । विश्लेषकहरुका अनुसार मेटाभर्स एक प्रकारको फोका थियो जुन अहिले फुट्दै गएको छ । त्योसँगै मेटा कम्पनी अब नयाँ दिशातर्फ सर्न खोजिरहेको देखिन्छ।

मेटाभर्समा ठूलो लगानी तर सपना चकनाचुर

मेटाले रियालिटी ल्याब्सका १ हजार भन्दा धेरै कर्मचारी कटौती गरेसँगै अब कम्पनीको प्राथमिकता मेटाभर्सबाट एआईतर्फ सरेको देखिन्छ । अत्यधिक भविष्यवादी तर व्यवसायिक रूपमा कमजोर मेटाभर्सबाट मेटाले आफ्नो ध्यान एआईमा आधारित भविष्यतर्फ केन्द्रित गर्न लागेको हो।

कर्मचारी कटौतीबाट मेटाका विभिन्न टिम र प्रोडक्टहरूको उत्पादन गर्ने जनशक्ति प्रभावित भएका छन् । विशेषगरी भिआर हेडसेट, होराइजन वर्ल्डस् जस्ता मेटाभर्स प्लेटफर्म र केही इमर्सिभ गेमिङ स्टुडियो मा काम गर्ने कर्मचारीहरू कटौतीमा परेका छन्।

बुधबार बिहानदेखि मेटाले कर्मचारी कटौती सुरु गरेको हो । कम्पनीले आन्तरिक सन्देशमार्फत पनि यसबारे जानकारी दिएको छ।

मेटाका प्रमुख प्राविधिक अधिकृत एन्ड्र्यु बोस्वर्थले कर्मचारीहरूलाई आन्तरिक रूपमा जानकारी दिँदै यो निर्णय कम्पनीको वर्षभरिको रणनीति तय गर्ने सबैभन्दा महत्वपूर्ण बैठकअघि लिइएको बताएका छन्।

कम्पनीका एक प्रवक्ताका अनुसार मेटाभर्समा अत्यधिक खर्च तर अपेक्षाकृत कम प्रयोगकर्ता सहभागिताका कारण यस्तो कदम आवश्यक भएको हो। मेटाले अब आफ्नो श्रोतसाधन तथा रणनीतिलाई एआईमा आधारित प्रडक्ट र शरीरमा पहिरिने प्रविधितर्फ केन्द्रित गर्ने मेटाका अधिकारीले बताएका छन्।

बेरोजगार पूर्वकर्मचारीहरु जागिर खोज्दै

मेटा कम्पनीले कर्मचारी कटौतीको निर्णय गरेपछि लिंक्डइनजस्ता प्लेटफर्ममा काम गरेका मेटाका पूर्वकर्मचारीहरू नयाँ कामको खोजीमा लागेका छन् । उनीहरूले आफू कामका लागि खुल्ला भएको अर्थात् ‘ओपन टू वर्क’ भनी सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । यसले प्रविधि क्षेत्रका धेरै अनुभवी व्यवसायिक व्यक्तित्वहरु अहिले नयाँ अवसरको खोजीमा रहेको देखाउँछ ।

यो हप्ता मात्रै लिंक्डइनमा हजारौँ यस्ता पोस्टहरू भाइरल भएका छन् । त्यसैले यो घटना एउटा कम्पनीको मात्र समस्या नभई सम्पूर्ण प्रविधि क्षेत्रमा भइरहेको संरचनात्मक परिवर्तनको संकेतका रुपमा विश्लेषण गरिएको छ।

रियालिटी ल्याब्सले पछिल्ला केही वर्षमा मेटाभर्स र एक्स आर टेक्नोलोजीमा अर्बौँ डलर खर्च गर्‍यो । तर कम्पनीले अपेक्षा गरेजस्तो ती प्रोडक्टहरू मूलधारका प्रयोगकर्तामाझ लोकप्रिय हुन सकेनन् । विभिन्न रिपोर्टहरूका अनुसार रियालिटी ल्याब्सले पछिल्ला वर्षहरूमा ठूलो वित्तीय घाटा पनि व्यहोरेको छ । जसका कारण मेटाले कम्पनीको भावी रणनीति पुनः मूल्यांकन गर्नुपरेको हो।

मेटा अब स्मार्ट एआई चश्मातर्फ केन्द्रित हुने

विश्लेषकहरूका अनुसार मेटाले विश्व अझै मेटाभर्सका लागि तयार नभएको तर एआई र वेयरेबल्स जस्ता प्रविधिहरू व्यवहारिक हुनुका साथै कम्पनीलाई छिटो फाइदा दिने खालका रहेको निष्कर्ष निकालेको छ।

सोही कारण मेटाले रेबन स्मार्ट ग्लासेस जस्ता एआई प्रविधियुक्त डिभाइसमा लगानी बढाएको छ । यी स्मार्ट चस्माहरू छरितो, प्रयोगमैत्री र व्यवहारिक भएकाले विश्वभर लोकप्रिय हुँदै गएका छन् र विक्री पनि उल्लेखनीय रूपमा बढेको छ । हालै मेटाले डिस्प्ले सहितका स्मार्ट चस्मा पनि सार्वजनिक गरेको छ । ती स्मार्ट चस्मा अत्यधिक लोकप्रिय हुँदा अमेरिकामा बजारबाटै रित्तिएका छन्।

यसका साथै कम्पनीले ‘ओरिजिनल ग्लासेस’मा पनि काम गरिरहेको छ । चस्मा जस्तै देखिने यी डिभाइसहरूमा मिक्स्ड रियालिटीका विभिन्न फिचर रहनेछन् । यसको अवधारणा एप्पल भिजन प्रोसँग मिल्दोजुल्दो छ।

मेटामा देखिएको पछिल्लो परिवर्तन तथा कर्मचारी कटौतीको घटनाले तत्काल आम्दानी नदिने प्रोजेक्टबाट कम्पनीहरू छिटै टाढा हुन्छन् भन्ने प्रष्ट सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।

गतवर्ष मेटासँगै माइक्रोसफ्ट तथा गुगलजस्ता ठूला कम्पनीहरूले यसैगरी व्यापक मात्रामा जनशक्ति कटौती गरेका थिए।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम