मुख्य समाचार
माघे सङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा
माघे सङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

। माघे सङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन ।

उनका अनुसार यस क्षेत्रबाट देवघाट जाने र फर्कने तीर्थालुहरुलाई सेवा दिइने छ । भक्तजनको चाप भएसम्म बसले सेवा दिने उनले बताए । उनले भने, “ज्येष्ठ नागरिक तथा अन्य भक्तजनहरुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेका हौँ ।”

भक्तजनहरूलाई राजमार्गसम्म आउन समस्या नपरोस् भनेर आँपटारी हुँदै रामनगर, देवघाट हुँदै पुनः आँपटारीसम्म सेवा दिने अर्यालले बताए । माघे सङ्क्रान्तिको अवसरमा हरेक वर्ष देवघाटमा स्नान गर्ने, मेला भर्न आउनेको उपस्थिति उलेख्य हुने गरेको छ ।

ज्येष्ठ नागरिकहरूलाई पैदलयात्रामा समस्या हुन सक्ने भन्दै निःशुल्क बस सेवा दिन लागिएको हो । देवघाटमा तीन लाख भक्तजन स्नान गर्न आउने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ । बुधबार बिहान वेणीमा लिङ्गो ठडाएर मकर सङ्क्रान्ति मेलाको सुभारम्भ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बालेनसँगको फोटो पोस्ट गर्दै स्वर्णिमले भने- देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट
। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको समूह अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने भएको छ । नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक गरेपछि त्यसको निर्णयसहित गगन–विश्व समूह निर्वाचन आयोग जान लागेको हो । नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले ...
। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा चयन भएका छन् । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका हुन् । केहीबेरमा महाधिवेशन हलमा नेतृत्रव घोषणा हुँदैछ ।
। आज माघे संक्रान्ति । विशेषगरी थारू समुदायले धुमधामका साथ मनाउने यो पर्व देशभर लोकप्रिय छ । संक्रान्तिको दिनै पर्खेर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति घोषणा गरेको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रमा उद्घोषकले नै १२ बज्नासाथ भनेकी थिइन्, ‘हामी नयाँ दिन कुरेका थियौं । त्यही भएरै केहीबेर ढिलो गरेका पनि हौं ।’ करिब सवा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका ...