मुख्य समाचार
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति घोषणा
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति घोषणा

। आज माघे संक्रान्ति । विशेषगरी थारू समुदायले धुमधामका साथ मनाउने यो पर्व देशभर लोकप्रिय छ । संक्रान्तिको दिनै पर्खेर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति घोषणा गरेको छ ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रमा उद्घोषकले नै १२ बज्नासाथ भनेकी थिइन्, ‘हामी नयाँ दिन कुरेका थियौं । त्यही भएरै केहीबेर ढिलो गरेका पनि हौं ।’

करिब सवा ११ बजेपछि हलमा पुगेका सभापति गगन थापासहितका पदाधिकारी र केन्द्रीय सदस्यको नाम मेलैसँगै पढ्ने र राजनीतिक भाषण गर्ने हुँदा करिब २ घण्टा समय लाग्यो ।

यसैबीच कांग्रेस विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । कांग्रेसमा संस्थापन पक्षको विमति हुँदाहुँदै आयोजना भएको विशेष महाधिवेशन र सहमतिको अन्तिम रस्साकस्सी विफल भएपछि समिति घोषणा भएको हो ।

जे भए पनि दुई महामन्त्रीले आँटेसम्मको काम आज पूरा गरेका छन् । दुवै घोषणा सभामा एक अर्काप्रति आभारी देखिए । गगनलाई विश्वले र विश्वलाई गगनले माला लगाइदिए । हलभर उपस्थितले मिनैटै पिच्छे ‘गगन दाई, हाई हाई, विश्व दाई हाई हाई’ जस्ता नारा लगाइरहे ।

नेताहरूका अनुसार, अब यो टोली आफ्नो आधिकारिकता खोज्दै निर्वाचन आयोग जाँदैछ । सभापति चुनिएलगत्तै गगनले भनेका छन्, ‘आयोग कसैको प्रभावमा नपर्ने विश्वास छ ।’

महाधिवेशनबाट सभापतिमा गगन थापा चुनिएका छन् । उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बालेनसँगको फोटो पोस्ट गर्दै स्वर्णिमले भने- देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट
। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको समूह अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने भएको छ । नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक गरेपछि त्यसको निर्णयसहित गगन–विश्व समूह निर्वाचन आयोग जान लागेको हो । नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले ...
। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा चयन भएका छन् । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका हुन् । केहीबेरमा महाधिवेशन हलमा नेतृत्रव घोषणा हुँदैछ ।
। राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका ...
। माघे सङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन । उनका अनुसार यस क्षेत्रबाट देवघाट जाने ...