मुख्य समाचार
अफ्रिकन कफ अफ नेसन्सको सेमिफाइनलमा सेनेगलले इजिप्टलाई १-० ले हराएर फाइनल पुगे
अफ्रिकन कफ अफ नेसन्सको सेमिफाइनलमा सेनेगलले इजिप्टलाई १-० ले हराएर फाइनल पुगे

। अफ्रिकन कफ अफ नेसन्सको उपाधिका लागि सेनेगल र मोरक्को भिड्ने भएका छन् ।

टांगिएरस्थित टांगिएर ग्राण्ड्स स्टेडियममा गएराती भएको पहिलो सेमिफाइनलमा सेनेगलले इजिप्टलाई १-० ले हराएर फाइनल पुगेको हो ।


सेनेगलका लागि साडियो मानेले ७८औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यस्तै रबातको प्रिन्स मौले अब्देल्लाह स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोले नाइजेरियालाई पेनाल्टीसुटआउटमा ४-२ ले हराउँदै सेनेगलसँग उपाधि भेट पक्का गरेको हो ।


गोलकिपर यासिन बोनोले दुई पेनाल्टी बचाएपछि मोरक्कोले फाइनल यात्रा तय गरेको हो ।

निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएकोपछि पेनाल्टी सुटआउटमा पुगेको हो ।

मोरक्कोका लागिनेइल एल अयानाओयुई, एलिएस्से बेन सेघिर, अच्रफ हाकिमी र युसु एन-नेस्रीले पेनाल्टीमा गोल गरे । हाम्जा इगामानेको प्रहार नाइजेरियाका गोलकिपर स्ट्यान्ली न्वाबालीले बचाएका थिए ।

तर सुटआउटमा प्रभावशाली बनेका मोरक्कोका गोलकिपर बोनोले नाइजेरियाका दुई पेनाल्टी रोके । उनले सामुएल चुक्वुएजे र ब्रुनो ओनयमाचीको प्रहार रोके ।

नाइजेरियाका लागि पाउल ओनुएचु र एफ डेले बासिरुले मात्र पेनाल्टीमा गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम