मुख्य समाचार
कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको समूह अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने
कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको समूह अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने

। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको समूह अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने भएको छ ।

नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक गरेपछि त्यसको निर्णयसहित गगन–विश्व समूह निर्वाचन आयोग जान लागेको हो ।


नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले बताए । बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आफूहरु निर्वाचन आयोग जाने उनले बताए ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न उनीसहितको टोलीले सहजीकरण गरिरहेका छन् ।

बुधबार सकिएको विशेष महाधिवेशनले गगन थापालाई सभापति घोषणा गरेको थियो । उता संस्थापन पक्षले भने गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरुलाई पाँच वर्षका लागि कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बालेनसँगको फोटो पोस्ट गर्दै स्वर्णिमले भने- देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट
। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा चयन भएका छन् । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका हुन् । केहीबेरमा महाधिवेशन हलमा नेतृत्रव घोषणा हुँदैछ ।
। आज माघे संक्रान्ति । विशेषगरी थारू समुदायले धुमधामका साथ मनाउने यो पर्व देशभर लोकप्रिय छ । संक्रान्तिको दिनै पर्खेर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति घोषणा गरेको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रमा उद्घोषकले नै १२ बज्नासाथ भनेकी थिइन्, ‘हामी नयाँ दिन कुरेका थियौं । त्यही भएरै केहीबेर ढिलो गरेका पनि हौं ।’ करिब सवा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका ...
। माघे सङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन । उनका अनुसार यस क्षेत्रबाट देवघाट जाने ...