मुख्य समाचार
विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा
विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा

। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो ।

एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् ।


साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको हो । सन् २०२२ मा सार्वजनिक भएको उनीहरूको दोस्रो स्टुडियो एल्बम ‘बोर्न पिङ्क’ पछि ब्याण्डको यो पहिलो सामूहिक सांगीतिक प्रस्तुति हुनेछ ।

नयाँ एल्बमको घोषणासँगै सामाजिक सञ्जालमा एउटा टिजर भिडियो पनि सार्वजनिक गरिएको छ । उक्त टिजरले एल्बम रिलिजको मिति र समयलाई आधिकारिक रूपमा पुष्टि गरेको छ ।


जसअनुसार, २७ फेब्रुअरी (१५ फागुन) मा नेपाली समयानुसार बिहान ९ बजेर ४५ मिनेटमा ब्याण्डको एल्बम रिलिज हुनेछ । लामो समयदेखि व्यक्तिगत प्रोजेक्टमा व्यस्त रहेका चारैजना सदस्यहरू (जिसु, जेनी, रोजे र लिसा) पुनः एकसाथ देखिने भएपछि विश्वभरका प्रशंसकमा उत्साह छाएको छ ।

एल्बमको नामलाई लिएर धेरैमा कौतुहलता रहे पनि अन्ततः यो समूहले आफ्नो विश्व भ्रमण कै नाम ’डेडलाइन’ लाई एल्बमको शीर्षकको रूपमा रोजेको देखिएको छ ।

स्रोतका अनुसार, ब्याण्डले गत वर्षको अन्त्यतिर नै नयाँ म्युजिक भिडियोको छायाङ्कन सम्पन्न गरिसकेको छ । लगत्तै एल्बमको कभर फोटोसुट र अन्य प्रचारका कामहरू पनि सकिएको बताइएको छ ।

आगामी एल्बम ’डेडलाइन’ पछिल्लो चर्चित डिजिटल सिंगल ‘जम्प’ सार्वजनिक भएको करिब ७ महिनापछि आउन लागेको हो । ‘जम्प’ सन् २०२५, जुलाई ११ मा रिलिज भएको थियो, जसले विश्वव्यापी चार्टमा राम्रो सफलता पाएको थियो ।

एल्बम सार्वजनिक हुनुअघि ब्याण्ड अहिले आफ्नो भव्य विश्व भ्रमणमा व्यस्त छ । सन् २०२५ देखि सुरु भएको यो ‘डेडलाइन’ वल्र्ड टुर आगामी जनवरी २६, २०२६ मा हङकङको काइ ताक स्टेडियममा एक विशेष सांगीतिक समारोहका साथ समापन हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...