इरानका विदेशमन्त्री सैयद अब्बास अरघचीले विरोध प्रदर्शनमा हजारौं मानिस मारिएको दाबीलाई अस्वीकार गरेका छन्।
फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यी दाबीहरू आधारहीन छन् । यसको कुनै प्रमाण छैन । मृत्यु हुनेको संख्या सयौंमा मात्र छ ।’
उनले प्रदर्शनको क्रममा मृत्यु हुनेको सही संख्या ‘छिट्टै’ सार्वजनिक गरिने बताए ।
इरानमा २८ डिसेम्बरदेखि भइरहेको विरोध प्रदर्शनमा हजारौंको मृत्यु भएको मानव अधिकार संगठनहरूको दाबी छ।
समाचार एजेन्सी रोयटर्सले मृत्यु हुनेको संख्या दुई हजारदेखि पाँच हजारको बीचमा रहेको उल्लेख गरेको छ।
इरानभित्र र बाहिरका स्रोतहरूलाई उद्धृत गर्दै, बीबीसीको अमेरिकी सम्बद्ध संस्था, सीबीएसले मृत्यु हुनेको संख्या लगभग १२ हजार रहेको बताएको छ। सीबीएसले यो संख्या २० हजार पुग्न सक्ने बताएको छ।
इजरायली गुप्तचर स्रोतहरूलाई उल्लेख गर्दै एक्सियोस समाचार वेबसाइटले मृत्यु हुनेको संख्या लगभग पाँच हजार रहेको जनाएको छ।