मुख्य समाचार
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ

। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति थापा सहितको पदाधिकारी टोलीले कानुनविद्हरू समेत लिएर निर्वाचन आयोग पुगी कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुरोध गरेको हो ।

सभापति थापाले निर्वाचनको समय आइसकेकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन अनुरोध गरेका छन् ।

उनले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई कांग्रेस विधानको व्यवस्था अनुसार महाधिवेशन भएको अवगत गराएका छन् ।

महाधिवेशन विधानको धारा १७ को उपधारा २ अनुसार भएको जानकारी दिएका छन् । यो विधानको बाध्यकारी व्यवस्था भएको र त्यो व्यवस्था अन्तर्गत भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेकाले अब नेपाली कांग्रेसको विवरण अद्यावधिक गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बैतडीको दोगडाकेदार–३ श्रीकोटस्थित घोणेधार भन्ने ठाउँमा ईभी हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईभि चालक दोगडाकेदार गाउँपालिका–५ न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक बल्देब बडूले जानकारी दिए । शनिबार राति पौनै १० बजे तिर सिल्लेगडाबाट बडिँयातर्फ गइरहेको सुपप्र ०३००१ ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा जोड दिएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राष्ट्रिय सभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री अर्यालले संविधानले परिकल्पना गरेको समावेशी भावलाई वास्तविक ...
२१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय भूमि सञ्जाल नेपालले दलहरूको चुनावी घोषणापत्रमा भूमि सुधारका ठोस कार्यक्रम समावेश गर्न १० बुँदे सुझाव सार्वजनिक
— भदौरेमा दम्पत्ती हत्यामा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बस्दै आएका ७४ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको हत्यामा संलग्न आरोपमा दाजुभाईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाजु ३४ वर्षीय धनबहादुर राना र र उनका भाई १७ वर्षीय बालक रहेका छन् ...
: धादिङको थाक्रे गाउँपालिका वडानम्बर- ६ दशकिलास्थित पृथ्वीलोकमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहान करिब ७ :३० बजेतिर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र-३-०१-००६ ख १५५२ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा. प्र-०१-००६ ख ५२०६ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनापछि दुवै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम