मुख्य समाचार
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन्
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन्

। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन् ।

चौथो ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ तथा माघे संक्रान्ति (माघी) पर्वका अवसरमा मन्त्री परियारले कृषि क्षेत्रको आधुनिकीकरण र जैविक विविधता संरक्षणलाई सँगसँगै लैजानुपर्ने बताए ।

यस वर्ष ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ भन्ने मूल नाराथ यो दिवस देशभरि मनाइँदैछ ।

मन्त्री परियारले नेपाल जैविक विविधता सम्बन्धी महासन्धिको पक्षराष्ट्र रहेको स्मरण गराउँदै सरकारले यसलाई आवधिक योजनामा आन्तरिकीकरण गरेको बताए ।

‘सरकारले कृषि जैविक विविधता नीति २०६३, वातावरण संरक्षण ऐन २०७६ र बिउबिजन ऐन २०८१ मार्फत स्थानीय र रैथाने बाली संरक्षण र दर्ता प्रक्रिया सहज बनाएको छ,’ उनले भने ।

हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले पर–स्थानीय संरक्षण र कृषि विभाग अन्तर्गतका निकायले स्व–स्थानीय संरक्षणका कार्य गरिरहेको जानकारी मन्त्री परियारले दिए ।

हाल ४० स्थानीय तहमा सामुदायिक बिउ बैंकमार्फत संरक्षणका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कृषि जैविक विविधतालाई नयाँ उचाइमा पुर्‍याउन युवाको भूमिका महत्त्वपूर्ण हुने मन्त्री परियारको ठहर छ । युवाले नवप्रवर्तन, आधुनिक प्रविधि, डिजिटल समाधान र मूल्य शृङ्खला विकास मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने उनले उल्लेख गरे ।

‘कृषि जैविक विविधता हाम्रो संस्कृति, परम्परा र राष्ट्रिय पहिचानसँग जोडिएको छ,’ उनले भने, ‘यसको संरक्षण गर्ने जिम्मेवारी अब भावी पुस्ताको काँधमा छ ।’

विकास साझेदार, गैरसरकारी संस्था र स्थानीय स्तरका संघसंस्थालाई अनुसन्धान र शिक्षाका कार्यमा सहकार्य गर्न मन्त्रालयले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बैतडीको दोगडाकेदार–३ श्रीकोटस्थित घोणेधार भन्ने ठाउँमा ईभी हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईभि चालक दोगडाकेदार गाउँपालिका–५ न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक बल्देब बडूले जानकारी दिए । शनिबार राति पौनै १० बजे तिर सिल्लेगडाबाट बडिँयातर्फ गइरहेको सुपप्र ०३००१ ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा जोड दिएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राष्ट्रिय सभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री अर्यालले संविधानले परिकल्पना गरेको समावेशी भावलाई वास्तविक ...
२१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय भूमि सञ्जाल नेपालले दलहरूको चुनावी घोषणापत्रमा भूमि सुधारका ठोस कार्यक्रम समावेश गर्न १० बुँदे सुझाव सार्वजनिक
— भदौरेमा दम्पत्ती हत्यामा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बस्दै आएका ७४ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको हत्यामा संलग्न आरोपमा दाजुभाईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाजु ३४ वर्षीय धनबहादुर राना र र उनका भाई १७ वर्षीय बालक रहेका छन् ...
: धादिङको थाक्रे गाउँपालिका वडानम्बर- ६ दशकिलास्थित पृथ्वीलोकमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहान करिब ७ :३० बजेतिर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र-३-०१-००६ ख १५५२ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा. प्र-०१-००६ ख ५२०६ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनापछि दुवै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम