मुख्य समाचार
जुम्लाका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले अहिलेको निर्वाचन आचारसंहिता सजायमुखी भएको बताए
जुम्लाका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले अहिलेको निर्वाचन आचारसंहिता सजायमुखी भएको बताए

— जुम्लाका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले अहिलेको निर्वाचन आचारसंहिता सजायमुखी भएको बताएका छन् ।

उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न र निर्वाचनलाई भयरहित बनाउनुपर्नेमा जोड दिए। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत पन्तले पहिलेको जस्तो आचारसंहिता नभइ यो आचारसंहिता सजायमुखी भएकोले सबैले पूर्णपालना गर्न आग्रह गरे ।

उनले सबै तहका निकाय, व्यक्ति र संस्थाले आचारसंहिता पालना गरे/नगरेको कडाइ साथ अनुगमन हुने समेत बताए । ‘सुरक्षितपूर्वक मतदान गर्न पाउनु मतदाताको अधिकार हो । यो अधिकार सुनिश्चित गर्ने दायित्व हाम्रो हो, हामी यसमा प्रतिबद्ध छौं । तपाईहरु पनि भइदिनुहोला,’ उनले भने ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचन अधिकृतको कार्यालय र मातहतमा खटिएका स्थानीय, प्रदेश सरकार र सुरक्षा निकायको जिम्मेवारी भएको उनले बताए।

अब मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता गर्दा विचार पुर्‍याउनुपर्ने रितहरु, सामेल गर्नुपर्ने कागजातदेखि कुन राजनीतिक दल कुन समयमा मनोनयन दर्ता गर्न आउने भन्ने विषयमा छलफल थाल्ने उनले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ ४ गते राजनीतिक दलहरुसँग बसेर आचारसंहिता पालनादेखि मनोनयन दर्तालगायतका विषयमा छलफल गर्ने समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जेनजी-प्रदर्शनका क्रममा गत भदाै २४ मा सुनसरीको झुम्का कारागारबाट फरार धनकुटाको साँगुरीगढी १ का बुद्धराज लिम्बु पक्राउ परेका छन्। धनकुटाको मुलघाटबाट असइ टंकबहादुर थापाको नेतृत्वमा गएको प्रहरीटोलीले लिम्बुलाई घरबाटै पक्राउ गरेको हो। लिम्बु लागुऔषध मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका लिम्बुलाई झुम्का कारागार पठाइएको छ।
— गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् । आधिकारिकतासम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुगेका शर्माले कांग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताए । उनले गगन थापा नेतृत्वको कांग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवार टुंग्याउने जानकारी पनि दिए । संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिँदै उनले १६५ वटै ...
— कांग्रेस विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित गुरुराज घिमिरेले विशेष महाधिवेशन आयोजनाका लागि निवेदनमा हस्ताक्षर गरेका प्रतिनिधिमध्ये जम्मा २९ जनाले फिर्ता नाम लिएको अभिलेख रहेको दाबी गरेका छन् । शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पुगेर उठाएका केही विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै घिमिरेले त्यसलाई 'राजनीतिक प्रपोगाण्डा' भनेका छन् । खड्का नेतृत्वको टोलीले निर्वाचन आयोगमा ...
— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा १७ सय ८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार १२ सय ७२ को काेटामा १७ सय ८ जनाको आवेदन परेको छ। निर्वाचन प्रहरीको छनोटका लागि माघ ५ गते लिखित परीक्षा गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले ...
— कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले अधिवेशनका कुल महाधिवेशन प्रतिनिधि ४ हजार ६३५ मध्ये विशेष महाधिवेशनमा २ हजार ६५२ जना प्रतिनिधि उपस्थिति रहेको बताएको छ । असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न रहेको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका प्रवक्ता देवराज चालिसेले विवरण सार्वजनिक गरेका छन् । दर्तापछि ...