मुख्य समाचार
मधेसबाट चुनावी यात्रा गर्दै रास्वपा
मधेसबाट चुनावी यात्रा गर्दै रास्वपा

— रास्वपा प्रवक्ता मनिष झाले मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले माघ ५ गते जनकपुरधामबाट राजनीतिक सभा सुरु हुने जानकारी दिए । उक्त सभाको व्यवस्थापनसम्बन्धी तयारी भइरहेको पनि झाले बताए ।


प्रवक्ता झाले उक्त सभामा पार्टी सभापति रवि लामिछाने र नेता बालेन्द्र साहले सम्बोधन गर्ने जानकारी दिए। उनले भने, ‘यसपटक पार्टीका सभापति रवि लामिछाने र आगामी निर्वाचनपछि भावी प्रधानमन्त्रीका रूपमा अघि बढाउने प्रस्ताव गरिएको बालेन्द्र साह सम्मिलित पहिलो राजनीतिक सभा हुँदैछ।’

रास्वपाले बालेन्द्र साहलाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री बनाउने प्रस्तावसहित निर्वाचनमा जाने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जेनजी-प्रदर्शनका क्रममा गत भदाै २४ मा सुनसरीको झुम्का कारागारबाट फरार धनकुटाको साँगुरीगढी १ का बुद्धराज लिम्बु पक्राउ परेका छन्। धनकुटाको मुलघाटबाट असइ टंकबहादुर थापाको नेतृत्वमा गएको प्रहरीटोलीले लिम्बुलाई घरबाटै पक्राउ गरेको हो। लिम्बु लागुऔषध मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका लिम्बुलाई झुम्का कारागार पठाइएको छ।
— गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् । आधिकारिकतासम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुगेका शर्माले कांग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताए । उनले गगन थापा नेतृत्वको कांग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवार टुंग्याउने जानकारी पनि दिए । संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिँदै उनले १६५ वटै ...
— कांग्रेस विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित गुरुराज घिमिरेले विशेष महाधिवेशन आयोजनाका लागि निवेदनमा हस्ताक्षर गरेका प्रतिनिधिमध्ये जम्मा २९ जनाले फिर्ता नाम लिएको अभिलेख रहेको दाबी गरेका छन् । शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पुगेर उठाएका केही विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै घिमिरेले त्यसलाई 'राजनीतिक प्रपोगाण्डा' भनेका छन् । खड्का नेतृत्वको टोलीले निर्वाचन आयोगमा ...
— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा १७ सय ८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार १२ सय ७२ को काेटामा १७ सय ८ जनाको आवेदन परेको छ। निर्वाचन प्रहरीको छनोटका लागि माघ ५ गते लिखित परीक्षा गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले ...
— कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले अधिवेशनका कुल महाधिवेशन प्रतिनिधि ४ हजार ६३५ मध्ये विशेष महाधिवेशनमा २ हजार ६५२ जना प्रतिनिधि उपस्थिति रहेको बताएको छ । असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न रहेको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका प्रवक्ता देवराज चालिसेले विवरण सार्वजनिक गरेका छन् । दर्तापछि ...