मुख्य समाचार
नेपाललाई युरोपको जस्तो होइन, हाम्रै परिवेश बुझ्ने एआई नीति आवश्यक छ
नेपाललाई युरोपको जस्तो होइन, हाम्रै परिवेश बुझ्ने एआई नीति आवश्यक छ

— एआईले नेपालको सार्वजनिक सेवा, शिक्षा, स्वास्थ्य, वित्तीय क्षेत्रमा प्रभाव पारिरहेको चर्चा गर्दै काठमाडौँ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका एसोसिएट डिन बालकृष्ण वलले आयातित मोडलको सट्टा नेपालले मौलिक आवश्यकता र स्थानीय भाषा र सन्दर्भ बुझ्ने जिम्मेवार एआई प्रविधि विकास गर्नुपर्ने बताएका छन् । यसो नगरे एआईले विकसित र विकासोन्मुख देशसँगै गाउँ र शहरबीचको डिजिटल डिभाइड थप बढाउन सक्ने उनको बुझाइ छ ।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा आयोजित ‘एआई कन्क्लेभ २०२६’ मा प्राध्यापक वलले एआई अब प्राविधिक विषय मात्र नभई सामाजिक र राजनीतिक प्रणाली भएको धारणा राखे । विश्वविद्यालयको एआई क्लवले आयोजना गरेको कन्क्लेभको तेस्रो दिन, बुधबार ‘एआई फर सोसाइटी’ विषयमा आफ्नो मुख्य मन्तव्य राख्दै प्रा. वलले नेपाललाई युरोपको जस्तो नभएर, हाम्रै परिवेश बुझ्ने एआई नीति आवश्यक रहेकोमा जोड दिए ।

‘हामीले जिम्मेवार र हाम्रो परिवेश सुहाउँदो एआई रोज्ने कि असमानता बढाउने आयातित प्रणालीहरूमा भर पर्ने ? यो हाम्रो मुख्य चुनौती हो,’ प्राध्यापक वलले भने, ‘पहिले-पहिले प्रविधि तटस्थ हुन्छ भनिन्थ्यो तर एआई त्यस्तो छैन । यसले हामीले जम्मा गर्ने डेटा र हाम्रा मूल्य-मान्यताहरू नै प्रतिबिम्बित गर्ने हो । त्यसैले एआई प्राविधिक प्रणाली मात्र नभएर एउटा सामाजिक र राजनीतिक प्रणाली पनि हो । हामीले हाम्रो मूल्य-मान्यता, स्थानीय सन्दर्भ बुझ्ने प्रणाली बनाउनुपर्छ ।’

एआईले सार्वजनिक सेवा प्रवाह छिटो-छरितो बनाउन र भ्रष्टाचार रोक्न मद्दत गरे पनि मुख्य कुरा जनताको विश्वास जित्नु भएको प्रा. वलले औँल्याए । ‘धेरैजसो एआईले कसरी निर्णय गर्छ भन्ने कुरा 'ब्ल्याक बक्स' जस्तो रहस्यमय हुन्छ,’ उनले भने, ‘एआईले कुनै गलत निर्णय गर्यो भने त्यसमा उजुरी गर्ने ठाउँ हुनुपर्छ ।’ एआई प्रणालीहरू व्याख्या गर्न सकिने, परीक्षण गर्न मिल्ने र लोकतान्त्रिक नियमनमा रहनु आवश्य रहेको उनले औंल्याए ।

विशेष गरी वित्त र शिक्षा क्षेत्रमा एआई प्रयोग गर्दा ‘अल्गोरिदमिक बायस’ बाट बच्न र स्थानीय भाषा एवं सन्दर्भलाई प्राथमिकता दिनुपर्ने प्रा. वलको सुझाव छ । एआईले डिजिटल भुक्तानीमा हुने ठगी रोक्न र गाउँ-गाउँका मानिसहरूमा वित्तीय पहुँच पुर्‍याउन मद्दत गर्ने सम्भावना भए पनि यसले पक्षपाती निर्णयसमेत गर्नसक्ने जोखिमबारे प्रा. वलले अवगत गराए । त्यस्तै, एआईले शिक्षकलाई विस्थापित गर्ने नभई उनीहरूलाई सशक्त बनाउनुपर्ने र विद्यार्थीहरूमा ‘एआई निर्भरता’ भन्दा ‘एआई साक्षरता’ बढाउनुपर्ने उनको भनाइ थियो ।


नेपाल जस्तो विकासोन्मुख देशमा स्थानीय डेटाको अभाव, विदेशी प्लाटफर्महरूमा निर्भरता र कमजोर नियामक क्षमता मुख्य समस्याका रूपमा रहेको उनको विश्लेषण छ । सरकारले एआई नियामक परिषद् गठन गरिसकेको र एआई निर्देशिकाहरू बनाउने कार्य भइरहेको प्रा. वलले जानकारी दिए । उनी परिषद्का विज्ञ सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न आह्वान गरेका छन् । २८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरणसम्बन्धी आवश्यक कार्यलाई संस्थागत, दीगो र परिणामुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न जारी रहने बताए । मन्त्री अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई आगामी ...
— जेनजी-प्रदर्शनका क्रममा गत भदाै २४ मा सुनसरीको झुम्का कारागारबाट फरार धनकुटाको साँगुरीगढी १ का बुद्धराज लिम्बु पक्राउ परेका छन्। धनकुटाको मुलघाटबाट असइ टंकबहादुर थापाको नेतृत्वमा गएको प्रहरीटोलीले लिम्बुलाई घरबाटै पक्राउ गरेको हो। लिम्बु लागुऔषध मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका लिम्बुलाई झुम्का कारागार पठाइएको छ।
— गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् । आधिकारिकतासम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुगेका शर्माले कांग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताए । उनले गगन थापा नेतृत्वको कांग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवार टुंग्याउने जानकारी पनि दिए । संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिँदै उनले १६५ वटै ...
— कांग्रेस विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित गुरुराज घिमिरेले विशेष महाधिवेशन आयोजनाका लागि निवेदनमा हस्ताक्षर गरेका प्रतिनिधिमध्ये जम्मा २९ जनाले फिर्ता नाम लिएको अभिलेख रहेको दाबी गरेका छन् । शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पुगेर उठाएका केही विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै घिमिरेले त्यसलाई 'राजनीतिक प्रपोगाण्डा' भनेका छन् । खड्का नेतृत्वको टोलीले निर्वाचन आयोगमा ...
— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा १७ सय ८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार १२ सय ७२ को काेटामा १७ सय ८ जनाको आवेदन परेको छ। निर्वाचन प्रहरीको छनोटका लागि माघ ५ गते लिखित परीक्षा गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले ...