मुख्य समाचार
ओलीले नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख हुनु दुःखद विषय भएको बताउँदै कांग्रेसका नेताहरुले जानीबुझीकन किन यस्तो काम गरेका हुन् भन्ने प्रश्न गरेका छन्
ओलीले नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख हुनु दुःखद विषय भएको बताउँदै कांग्रेसका नेताहरुले जानीबुझीकन किन यस्तो काम गरेका हुन् भन्ने प्रश्न गरेका छन्

— एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख हुनु दुःखद विषय भएको बताउँदै कांग्रेसका नेताहरुले जानीबुझीकन किन यस्तो काम गरेका हुन् भन्ने प्रश्न गरेका छन्। एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले अहिले प्रजातन्त्र मिचिएको, प्रणाली घायल बनाइएको र संविधान कमजोर पारिएको अवस्था रहेको उल्लेख गर्दै यस्तो बेला यी विषयमा चिन्तित हुनुपर्ने नेपाली कांग्रेस अनावश्यक लडाइँमा फसेको आरोप लगाए। उनले भने, ‘कसले गराउँदैछ यो काम ? किन यस्ता कुरा हुँदैछन् ?’

ओलीले एमाले नेताहरुलाई सम्बोधन गर्दै सानातिना असन्तुष्टि भए छोडेर अघि बढ्न आग्रह गरे। उनले भने, ‘अहिले देशका लागि लड्ने बेला हो।’ शान्ति, संविधान र लोकतन्त्र जोगाउन लड्नुपर्ने बेला आएको पनि उनले बताए।

उनले विभिन्न व्यक्तिहरु नाटक गरिरहेको टिप्पणी गर्दै भने, ‘फुत्त कताबाट एउटा छिर्छ, हिरो भएर। कत्रो बलिदान, संघर्ष र त्याग गरेर ल्याएको लोकतन्त्र र देश जलिरहेको बेला आफैँ नायक हुँ भन्दै झण्डा ओडेर निस्कँदा हामीलाई कस्तो लाग्छ होला ?’

ओलीले बौद्धिक जगत देशप्रति जिम्मेवार छ कि छैन भन्ने प्रश्न पनि उठाए। उनले भने, ‘देशको र संविधानको हुर्मत लिइएको छ। के लोकतन्त्र राजनीतिक पार्टीका नेताहरुलाई मात्रै चाहिएको हो ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जेनजी-प्रदर्शनका क्रममा गत भदाै २४ मा सुनसरीको झुम्का कारागारबाट फरार धनकुटाको साँगुरीगढी १ का बुद्धराज लिम्बु पक्राउ परेका छन्। धनकुटाको मुलघाटबाट असइ टंकबहादुर थापाको नेतृत्वमा गएको प्रहरीटोलीले लिम्बुलाई घरबाटै पक्राउ गरेको हो। लिम्बु लागुऔषध मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका लिम्बुलाई झुम्का कारागार पठाइएको छ।
— गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् । आधिकारिकतासम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुगेका शर्माले कांग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताए । उनले गगन थापा नेतृत्वको कांग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवार टुंग्याउने जानकारी पनि दिए । संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिँदै उनले १६५ वटै ...
— कांग्रेस विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित गुरुराज घिमिरेले विशेष महाधिवेशन आयोजनाका लागि निवेदनमा हस्ताक्षर गरेका प्रतिनिधिमध्ये जम्मा २९ जनाले फिर्ता नाम लिएको अभिलेख रहेको दाबी गरेका छन् । शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पुगेर उठाएका केही विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै घिमिरेले त्यसलाई 'राजनीतिक प्रपोगाण्डा' भनेका छन् । खड्का नेतृत्वको टोलीले निर्वाचन आयोगमा ...
— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा १७ सय ८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार १२ सय ७२ को काेटामा १७ सय ८ जनाको आवेदन परेको छ। निर्वाचन प्रहरीको छनोटका लागि माघ ५ गते लिखित परीक्षा गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले ...
— कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले अधिवेशनका कुल महाधिवेशन प्रतिनिधि ४ हजार ६३५ मध्ये विशेष महाधिवेशनमा २ हजार ६५२ जना प्रतिनिधि उपस्थिति रहेको बताएको छ । असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न रहेको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिका प्रवक्ता देवराज चालिसेले विवरण सार्वजनिक गरेका छन् । दर्तापछि ...