मुख्य समाचार
कांग्रेसका उपसभापति निर्वाचित विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई पार्टीको विशेष महाधिवेशन बाध्यात्मक व्यवस्था भएको र कानुनसम्मत नै भएको दाबी गरे
कांग्रेसका उपसभापति निर्वाचित विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई पार्टीको विशेष महाधिवेशन बाध्यात्मक व्यवस्था भएको र कानुनसम्मत नै भएको दाबी गरे

— विशेष महाधिवेशनबाट कांग्रेसका उपसभापति निर्वाचित विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई पार्टीको विशेष महाधिवेशन बाध्यात्मक व्यवस्था भएको र कानुनसम्मत नै भएको दाबी गरेका छन् ।

निर्वाचन आयोग पुगेर उनले विशेष महाधिवेशन बोलाउनुपरेको अवस्थाबारे जानकारी गराएका छन् ।

पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन गर्न नखोजेपछि आफूहरूले बोलाएर उनीहरुको माग सम्बोधन गरेको र यसमा कुनै अवैधानिक काम नभएको उनको दाबी छ ।

उनले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको पनि आयोगका पदाधिकारीलाई जानकारी गराए । उनले आफूहरुलाई किन विशेष महाधिवेशन बोलाउने काम भयो र सहभागी भएको भनी नसोधी प्रक्रिया नै पूरा नगरेर सोधिएको जिकिर गरे ।


विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै कांग्रेसको आधिकारिक रहेको दाबी उनले गरे । ‘हामीमाथि भएको कारबाही कानुनसम्मत छैन । हामीले विशेष महाधिवेशन मागकर्ताहरूले विधानअनुसार नै गरेको हो,’ उनले भने, ‘नियमित महाधिवेशनको तालिका आएपछि विशेष महाधिवेशन खारेज भयो भन्ने तर्क सही भएन ।’

नियमित महाधिवेशन नभएको अवस्थामा विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्ने विधानको बाध्यात्मक अवस्था भएको दाबी उनले गरे ।



‘विशेष महाधिवेशन माग भएको ९० दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्थालाई हामीले सम्बोधन गरेर अघि बढाएका हौँ,’ उनले भने, ‘१५औं महाधिवेशनको तालिका कार्यान्वयन नहुने अवस्थामा हामी विशेष महाधिवेशन आह्वान गरेका थियौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा 'सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२' गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 'सहकारीमा भएको बेथिति छानिबन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी ...
— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लामा १८ हजार १६४ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । जसमध्ये नेपाल प्रहरीका १७ हजार ३२ र शसस्त्र प्रहरी बलका १ हजार १३२ जना छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले अन्य जिल्लाभन्दा सुर्खेतमा कोटाभन्दा दोब्बर बढीले आवेदन ...
— पोखरा, विराटनगर, गौतमबुद्ध (भैरहवा), नेपालगन्ज र चन्द्रगढी विमानस्थलमा सन् २०२५ मा सबैभन्दा धेरै यात्रुको आवागमन भएको छ। नागरिक उड्डयन प्राधिकरणले सन् २०२५ मा नेपालका आन्तरिक विमानस्थलमा यात्रु आवागमन र उडान संख्याका आधारमा जारी गरेको तथ्यांकअनुसार काठमाडौंबाहिर पोखरा विमानस्थल सबैभन्दा बढी यात्रुको आवागमन भएको छ । यहाँ ४ लाख २७हजार ४सय १४ यात्रु आएका थिए भने ...
फेरि पनि डडेल्धुराबाटै चुनाव उठ्छु
— अरनिको राजमार्गअन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। जिल्लाप्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शुक्रबार दिउँसो १२:३० बजे बलेफीबाट बन्देउतर्फ जाँदै गरेको बा प्र ०२–०२२ प ४७५४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ अगाडि गुडिरहेको बा प्र ०२–०१७ प ९५२८ नम्बरको मोटरसाइकलको पछाडि ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई पल्टिएको ...