— फेरान टोरेस र लामिन यामलको गोलको मदतले बार्सिलोनाले बिहीबार रेसिङ सान्टेन्डरलाई २–० ले पराजित गर्दै कोपा डेल रेको क्वाटरफाइनल प्रवेश गरेको छ । बार्सिलोनाको यो सबै प्रतियोगितामा गरेर ११ औं लगातार जित हो ।
स्पेनी दोस्रो डिभिजनको शीर्षमा रहेको सान्टेन्डरविरुद्ध बार्सिलोनाको जित सजिलो भने रहेन् । रियल म्याड्रिड यस प्रतियोगिताबाट बाहिरिसकेको स्थितिमा बार्सिलोना अब उपाधिका लागि पनि बलियो प्रत्यासी बनेको छ ।
टोरेसले ६६ औं मिनेटमा पहिलो गोल गरेपछि यामलले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरेका हुन् ।