मुख्य समाचार
शेखर कोइरालाले गगन थापाहरू आधिकारिक नभई नेपाली कांग्रेसबाट चोइटिएर गएको दाबी
शेखर कोइरालाले गगन थापाहरू आधिकारिक नभई नेपाली कांग्रेसबाट चोइटिएर गएको दाबी

— कांग्रेस देउवा पक्षका नेता शेखर कोइरालाले गगन थापाहरू आधिकारिक नभई नेपाली कांग्रेसबाट चोइटिएर गएको दाबी गरेका छन्।

निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेको संस्थापन पक्षका तर्फबाट बोल्दै कोइरालाले केही साथीहरूले हस्ताक्षर संकलन गरी अद्यावधिकका लागि आएको हुन सक्ने, तर ती हस्ताक्षर फिर्ता भएको प्रमाणसमेत आफूहरूले पेस गरेको दाबी गरे।

‘कसैलाई वा कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउने अधिकार विधानले दिएको छैन। टुँडिखेलमा गएर कुनै आयुक्तले माघ ६ गते उम्मेदवारी दर्ता हुँदैन भनेर भनेकै भरमा निर्वाचन आयोगलाई मान्य हुन्छ कि हुँदैन ?’ कोइरालाले भने, ‘यहाँ पनि यही प्रश्न छ। केही साथीहरूले यसैगरी भन्नुभएको छ। जुन साथीहरूले हस्ताक्षर पेस गर्नुभएको छ, त्यो फिर्ता भएको प्रमाण हामीले पेस गरेका छौँ।’

कोइरालाले आफूहरू निर्वाचन आयोग आउनै नपर्ने अवस्था भएको भन्दै लोकतान्त्रिक पद्धतिमा जे कानुनसम्मत हुन्छ, त्यही लागू हुने दाबी गरे। ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले अधिवेशन बोलाउने अधिकार हुन्छ, तर त्यसको कार्यतालिका र सबै प्रक्रिया केन्द्रीय कार्यसमितिले बनाउनुपर्छ,’ उनले भने, ‘विधानले पनि यही भनेको छ। सिङ्गो केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमै उपस्थित भएको छ र संस्थापनसँगै रहेको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कांग्रेस विवादबारे निर्वाचन आयोग छलफलमा जुटेको छ
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको निर्णय फिर्ता लिने निर्णय गरेपछि वेबसाइटको सूचनामा 'सहकारी ठगी सम्बन्धमा भएको निर्णय' शीर्षकमा 'टिप्पणी र आदेश' उल्लेख थियो ...
— निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । २७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न ...
— सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा प्रवक्ता खरेलले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताएका हुन् । सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भीरताका साथ लागेकोसमेत उनको भनाइ छ । उनले भने, ...
— सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा 'सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२' गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 'सहकारीमा भएको बेथिति छानिबन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी ...