मुख्य समाचार
खड्काले निर्वाचन आयोग दबाब र षडयन्त्रमा पर्न नहुने बताए
खड्काले निर्वाचन आयोग दबाब र षडयन्त्रमा पर्न नहुने बताए

— शेरबहादुर देउवा पक्षका नेता पुर्णबहादुर खड्काले निर्वाचन आयोग दबाब र षडयन्त्रमा पर्न नहुने बताएका छन्

बिहान आयोगमा पुगेपछि फर्केका खड्काले पार्टी कार्यलय सानेपमा बोल्दै भने, ‘पार्टीको विधान र संविधान विपरित काम गरे आयोगले लोकतन्त्रको कालो बादललाई साथ दिनेछ भने अन्यथा निर्णय गर्यो भने नेपाली कांग्रेस देशभर आन्दोलित हुनेछ।’ उनले कांग्रेसको विधान विपरित आयोगले निर्णय गरे वडावडामा आन्दोलन पनि गर्ने बताए।

खड्काले विशेष महाधिवेशनको औचित्य सकिएको अवस्थामा त्यसको कुनै वैधता नरहेको बताएका छन्। उनले भने, ‘विशेष महाधिवेशन गर्नु भनेको पार्टी विखन्डनको कदम हो। पार्टी संकटमा परेको बेला यस्तो भेला आयोजना गर्नु उचित छैन। धेरै कुरा भ्रममा पारिएको छ। सभापतीले 'हामी उठाएका सबै कुरा सम्बोधन गर्छौं' भनेका थिए। तर अहिले भ्रामक कुरा प्रस्तुत भइरहेको छ।’

खड्काले विधानको केन्द्र केन्द्रीय समिति रहेको भन्दै, विशेष महाधिवेशन पक्षधरहरूले झुटो कुरा फैलाइरहेको दाबी पनि गरे। उनले भने, ‘विशेष महाधिवेशन पार्टीलाई क्षति पुर्याउने उद्देश्यमा केन्द्रित भएको र त्यसको आयोजना अवैधानिक छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कांग्रेस विवादबारे निर्वाचन आयोग छलफलमा जुटेको छ
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको निर्णय फिर्ता लिने निर्णय गरेपछि वेबसाइटको सूचनामा 'सहकारी ठगी सम्बन्धमा भएको निर्णय' शीर्षकमा 'टिप्पणी र आदेश' उल्लेख थियो ...
— निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । २७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न ...
— सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा प्रवक्ता खरेलले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताएका हुन् । सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भीरताका साथ लागेकोसमेत उनको भनाइ छ । उनले भने, ...
— सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा 'सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२' गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 'सहकारीमा भएको बेथिति छानिबन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी ...