मुख्य समाचार
भीरबाट लडेर एकको मृत्यु
भीरबाट लडेर एकको मृत्यु

— संखुवासभाको मकालु गाउँपालिका–३ आला क्षेत्रमा बिहीबार दिउँसो एक जनाको लडेर मृत्यु भएको छ।

स्थानीयका अनुसार मकालु–३ निवासी अन्दाजी ४२ वर्षका दुर्गाबहादुर राई आफ्नै अलैँची खेतीमा प्लास्टिकको पाइपमार्फत पानी लैजाने क्रममा सिओङ खोलाको भीरबाट २५ मिटर तल खसेका थिए।

लडेर सिधै सिओङ खोलामा परेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीयले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय हेदाङनालाई खबर गरेका थिए।

सूचना प्राप्त भएपछि तत्काल प्रहरी सहायक हवल्दार नजरमान राईको कमाण्डमा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेको जनाएको छ।

प्रहरीका अनुसार मृतकको शव शुक्रबार पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट करिब ७ किलोमिटर पश्चिम–उत्तरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कांग्रेस विवादबारे निर्वाचन आयोग छलफलमा जुटेको छ
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको निर्णय फिर्ता लिने निर्णय गरेपछि वेबसाइटको सूचनामा 'सहकारी ठगी सम्बन्धमा भएको निर्णय' शीर्षकमा 'टिप्पणी र आदेश' उल्लेख थियो ...
— निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । २७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न ...
— सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा प्रवक्ता खरेलले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताएका हुन् । सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भीरताका साथ लागेकोसमेत उनको भनाइ छ । उनले भने, ...
— सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा 'सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२' गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 'सहकारीमा भएको बेथिति छानिबन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी ...