मुख्य समाचार
निर्वाचन प्रहरीमा आवश्यक संख्यामा आवेदन नपरेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भर्नाको म्याद दुई दिन थप
निर्वाचन प्रहरीमा आवश्यक संख्यामा आवेदन नपरेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भर्नाको म्याद दुई दिन थप

— निर्वाचन प्रहरीमा आवश्यक संख्यामा आवेदन नपरेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भर्नाको म्याद दुई दिन थप गरेको छ।

पुस २५ गतेदेखि माघ १ गतेसम्मका लागि तोकिएको आवेदन अवधिमा निर्वाचन प्रहरीमा आवेदन दिनेहरूको संख्या न्यून देखिएपछि प्रशासनले म्याद थपेको हो।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित निर्वाचन प्रहरी भर्ना आह्वान गरिएको थियो। तर तोकिएको समयभित्र आवश्यक संख्यामा दरखास्त नपरेपछि दुई दिन थप गरी आवेदन लिन थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनका अनुसार डडेल्धुरामा निर्वाचन प्रहरीका लागि ९सय ४४ जनाको कोटा तोकिएको छ। पुस २५ देखि माघ १ गतेसम्म आवेदन संख्या अपेक्षाभन्दा कम भएपछि म्याद थप गरिएको हो। यसअघि आवेदन दिन तोकिएको समय माघ १ गतेसम्म ८ सय ७ जनाको आवेदन परेका छन् । आवश्यक संख्यामा १ सय ३७ आवेदन कम भएपछि दुई दिन थप गरिएको हो।

सुदूरपश्चिम प्रदेशका केही जिल्लामा निर्वाचन प्रहरीमा मागभन्दा बढी आवेदन परिरहेका बेला डडेल्धुरालगायतका जिल्लामा भने कोटा नपुगेर म्याद थप गरिएको हो। सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र बाजुरा तथा दार्चुला जिल्लामा आवेदन संख्या बढी देखिँदा डडेल्धुराको अवस्था फरक देखिएको छ।

छोटो अवधि, जोखिमपूर्ण जिम्मेवारी, सीमित पारिश्रमिक जस्ता कारणले निर्वाचन प्रहरीका लागि युवामा उत्साह घटाएको पूर्व म्यादी प्रहरीहरू बताउँछन्। अघिल्लो चुनावमा म्यादी प्रहरी भएका अमरगढी नगरपालिका- २ का रमेश खडायतले छोटो समयका लागि आम्दानी हुने भए पनि युवाहरूको आकर्षण कम देखिएको बताए। मतदान केन्द्रको सुरक्षा, लामो ड्युटी समय र राजनीतिक दबाबको जोखिम भए पनि त्यसअनुसारको प्रतिफल नदेखिँदा धेरै युवा भर्नातर्फ आकर्षित नभएको उनले बताए। सक्रिय उमेर समूहका धेरै युवा भारत, खाडी तथा अन्य मुलुकमा रोजगारीमा रहेको र गाउँमा रहेका युवामध्ये धेरै कृषि, मजदुरी वा साना व्यवसायमा संलग्न भएकाले पनि यस्तो अवस्थामा निर्वाचन प्रहरीजस्तो अस्थायी सेवाले प्राथमिकता नपाउनु स्वाभाविक भएको पूर्वम्यादी प्रहरी टेक खड्काको भनाई छ। उनी आफै पनि अहिले भारतमा मजदुरी गरिरहेका छन्।

विगतका ७ वटा निर्वाचनमा म्यादी प्रहरी भएका अमरगढी-५का बन्सी दमाईले युवाहरूको विदेश जाने आकर्षणले यसपटक निर्वाचन प्रहरीमा भर्नादर कम भएको बताए। गत निर्वाचनमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिए पनि छनोटमा पर्न नसकेका नवदुर्गा गाउँपालिका-१ का दीपक बुढाऐरले पनि निर्वाचन प्रहरीका लागि आवेदन दिन आएका छन्।



अघिल्लो पटक अवसर नपाएको अनुभव हुँदाहुँदै पनि यसपटक प्रशासनले कोटा पूरा गर्न म्याद थपेपछि आफूले पुनः प्रयास गरेको उनले बताए।

अहिले धेरै युवाले आवेदन नदिँदा कोटा नै नपुगेर म्याद थपिएको अवस्थामा बेरोजगार युवाका लागि निर्वाचन प्रहरी राम्रो अवसर रहेको उनले बताए।

बुढाऐरका अनुसार स्थायी रोजगारीको अभावमा अस्थायी भए पनि निर्वाचन प्रहरी आम्दानी र जिम्मेवारी दुवै दृष्टिले महत्वपूर्ण छ। जोखिम र चुनौती हुँदाहुँदै पनि बेरोजगार युवालाई केही समयका लागि राहत दिने अवसरका रूपमा उनले यस सेवालाई लिएका छन्।

जिल्ला जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी बरुणबहादुर सिंहले ९ सय ४४ जना डडेल्धुरा जिल्लाका लागि निर्वाचन प्रहरी स्वीकृत भएको बताए। उनले शारीरिक रुपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न सक्ने, १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने तथा पूर्व प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भूतपूर्व म्यादी प्रहरीहरुलाई समेत प्राथमिकता दिएर छनौट गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कांग्रेस विवादबारे निर्वाचन आयोग छलफलमा जुटेको छ
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको निर्णय फिर्ता लिने निर्णय गरेपछि वेबसाइटको सूचनामा 'सहकारी ठगी सम्बन्धमा भएको निर्णय' शीर्षकमा 'टिप्पणी र आदेश' उल्लेख थियो ...
— निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । २७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न ...
— सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा प्रवक्ता खरेलले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताएका हुन् । सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भीरताका साथ लागेकोसमेत उनको भनाइ छ । उनले भने, ...
— सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा 'सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२' गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 'सहकारीमा भएको बेथिति छानिबन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी ...