— जमलको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय अगाडि नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षका नेताहरु आमनेसामने भएका छन् । आयोगको कार्यालय अगाडि देउवा पक्षले नाराबाजी गरेका छन् ।
निर्वाचन आयोग अगाडि, जमलपट्टीको सडक जाम गरेर नाराबाजी भइरहेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपाबाट आएका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिएका छन् ।
निर्वाचन आयोगभित्र विशेष महाधिवेशनबाट निर्वाचित नेता, कार्यकर्ता छन् ।