— जेनजी-प्रदर्शनका क्रममा गत भदाै २४ मा सुनसरीको झुम्का कारागारबाट फरार धनकुटाको साँगुरीगढी १ का बुद्धराज लिम्बु पक्राउ परेका छन्।
धनकुटाको मुलघाटबाट असइ टंकबहादुर थापाको नेतृत्वमा गएको प्रहरीटोलीले लिम्बुलाई घरबाटै पक्राउ गरेको हो।
लिम्बु लागुऔषध मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका लिम्बुलाई झुम्का कारागार पठाइएको छ।