मुख्य समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न आह्वान
गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न आह्वान

— गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न आह्वान गरेका छन् ।

२८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरणसम्बन्धी आवश्यक कार्यलाई संस्थागत, दीगो र परिणामुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न जारी रहने बताए ।

मन्त्री अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए । उनले सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।

'प्रविधिमा आधारित बहुप्रकोपीय पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सक्दा पूर्वतयारीमा मद्धत पुग्न गई जनधनको क्षति कम हुन्छ', गृहमन्त्री अर्यालले भने, 'भूकम्पीय सुरक्षाका लागि सबै तहका सरकार र नागरिकको तयारी महत्वपूर्ण हुन आउँछ । भूकम्पबाट सुरक्षित घर, समुदाय एवं राष्ट्र निर्माण हामी सबैको जिम्मेवारी बनेको छ ।'

उनले भूकम्पलगायत विपद्बाट सुरक्षित रहन व्यवस्थित र दिगो विकासको अवधारणामा आधारित कार्यक्रमको प्रभावकारी र परिणामुखी कार्यान्वयन आजको आवश्यकता भएको बताए । नेपालले विगतका तुलनामा भूकम्पलगायत विपद् प्रतिकार्यमा क्षमता विकास गरिरहेको जनाउँदै गृहमन्त्री अर्यालले भूकम्पलगायत विपद्सम्बन्धी बुझाइका दायरा पनि विस्तार हुँदै गएको बताए ।

'पूर्वतयारी तथा बलियो संरचना निर्माणको चेतना विस्तार भएको छ । स्थानीय तहहरूले भवनसंहिताको पालना गराउने कार्यलाई अनिवार्य गराउँदै लगेको छन् । नागरिकमा पनि नक्सा पास गरेर मापदण्डअनुसारको घर निर्माण गर्नुपर्छ भन्ने सोच विकास हुँदै गएको छ', उनले भने ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी र सतर्कता अनिवार्य रहेको बताए । 'विकास निर्माणमा विपद् जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा नसोची दिगो विकास सम्भव छैन,' उनले भने, 'भूकम्पको जोखिम न्यूनीकरण र पूर्वतयारी अनिवार्य सर्त हो ।'



काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भूकम्पलगायत प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि संघ, प्रदेश र स्थानीय तहको सरकारबीच समन्वय आवश्यक रहेको बताइन् । ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नाराका साथ आज भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कांग्रेस विवादबारे निर्वाचन आयोग छलफलमा जुटेको छ
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको निर्णय फिर्ता लिने निर्णय गरेपछि वेबसाइटको सूचनामा 'सहकारी ठगी सम्बन्धमा भएको निर्णय' शीर्षकमा 'टिप्पणी र आदेश' उल्लेख थियो ...
— निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । २७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न ...
— सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा प्रवक्ता खरेलले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताएका हुन् । सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भीरताका साथ लागेकोसमेत उनको भनाइ छ । उनले भने, ...
— सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा 'सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२' गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 'सहकारीमा भएको बेथिति छानिबन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी ...