मुख्य समाचार
पोखरा, विराटनगर, गौतमबुद्ध (भैरहवा), नेपालगन्ज र चन्द्रगढी विमानस्थलमा सन् २०२५ मा सबैभन्दा धेरै यात्रुको आवागमन
पोखरा, विराटनगर, गौतमबुद्ध (भैरहवा), नेपालगन्ज र चन्द्रगढी विमानस्थलमा सन् २०२५ मा सबैभन्दा धेरै यात्रुको आवागमन

— पोखरा, विराटनगर, गौतमबुद्ध (भैरहवा), नेपालगन्ज र चन्द्रगढी विमानस्थलमा सन् २०२५ मा सबैभन्दा धेरै यात्रुको आवागमन भएको छ।

नागरिक उड्डयन प्राधिकरणले सन् २०२५ मा नेपालका आन्तरिक विमानस्थलमा यात्रु आवागमन र उडान संख्याका आधारमा जारी गरेको तथ्यांकअनुसार काठमाडौंबाहिर पोखरा विमानस्थल सबैभन्दा बढी यात्रुको आवागमन भएको छ । यहाँ ४ लाख २७हजार ४सय १४ यात्रु आएका थिए भने त्यहाबाट ४ लाख ५९ हजार ३ सय ७० यात्रु बाहिरिएका थिए । उक्त विमानस्थलबाट कुल यात्रु संख्या ८ लाख ८६ हजार ७ सय ८४ पुगेको छ।

सन् २०२५ मा विराटनगर विमानस्थलमा ७ लाख ३५ हजार ५ सय २५, भैरहवास्थित गौतमबुद्धमा ७ लाख २९ हजार ९७, नेपालगन्जमा ५ लाख ३५ हजार ९ सय२० र चन्द्रगढीमा ३ लाख ९५ हजार ३८ यात्रु आवागमन भएको थियो ।

यी पाँच विमानस्थलले देशको आन्तरिक यात्रु चापको ठूलो हिस्सा धानेको देखिन्छ ।

सन् २०२५ मा सबैभन्दा बढी उडान भएका विमानस्थलहरूमा लुक्ला (तेन्जिङ–हिलारी) शीर्षस्थानमा छ । जहाँ ३३ हजार ४ सय २० उडान सञ्चालन भएका थिए। त्यसैगरी पोखरामा २६ हजार ७ सय ८२, नेपालगञ्जमा १३ हजार ४ सय ३४, गौतमबुद्धमा ११ हजार ९ सय ३१ र विराटनगरमा ११ हजार ६सय ९२ वटा उडान भएका थिए ।

दुर्गम क्षेत्रका केही विमानस्थलमा अझै यात्रु र उडान दुवै न्यून छन्। इलाम (सुकिलुम्बा) विमानस्थलमा सन् २०२५ मा १२ उडानमा ८७ यात्रु आवागमव भएको थियो । सुदुरपश्चिमको बझाङमा १४ उडानमा १ सय २७ यात्रु र अछामको साफेबगरमा ८० उडानमा ३ सय ८० यात्रु, रुम्जाटारमा ९८ उडानमा ६सय३८ यात्रु तथा थामखर्कमा ९८ उडानमा ६ सय ३३ यात्रु आवागमन भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार आन्तरिक उडानमा यात्रु संख्या निरन्तर बढिरहेको छ। पोखरा, लुक्ला, भैरहवा, विराटनगर र नेपालगन्ज विमानस्थलमा दुईतर्फी यात्रुको चाप उच्च छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कांग्रेस विवादबारे निर्वाचन आयोग छलफलमा जुटेको छ
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको निर्णय फिर्ता लिने निर्णय गरेपछि वेबसाइटको सूचनामा 'सहकारी ठगी सम्बन्धमा भएको निर्णय' शीर्षकमा 'टिप्पणी र आदेश' उल्लेख थियो ...
— निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । २७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न ...
— सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा प्रवक्ता खरेलले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताएका हुन् । सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भीरताका साथ लागेकोसमेत उनको भनाइ छ । उनले भने, ...
— सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा 'सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२' गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 'सहकारीमा भएको बेथिति छानिबन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी ...