— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लामा १८ हजार १६४ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । जसमध्ये नेपाल प्रहरीका १७ हजार ३२ र शसस्त्र प्रहरी बलका १ हजार १३२ जना छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले अन्य जिल्लाभन्दा सुर्खेतमा कोटाभन्दा दोब्बर बढीले आवेदन दिएको बताए । उनका अनुसार आवेदन खुलाइएको ७ दिनमै १८ हजार १६४ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमध्येमा युवाहरु धेरै छन् ।
कर्णालीमा निर्वाचन प्रहरीको कोटा १० हजार ७ सय ५२ जनाको हो । नेपाल प्रहरीको ९ हजार ७७३ हो भने सशस्त्र प्रहरी बलका १ हजार ९ रहेको छ । निर्वाचन प्रहरीको छनोटका लागि माघ ५ गते लिखित परीक्षा गर्ने तयारी गरेको बताए । निर्वाचन प्रहरीको सेवा अवधि ४० दिनको रहने छ ।
हुल्लामा सशस्त्र प्रहरी बलको आवश्यक संख्या ४६ जना माग गरे पनि एकजनाको पनि आवेदन परेको छैन । दैलेखमा १ सय ७९ जना माग गरे पनि २ जनाले मात्रै आवेदन दिएका छन् ।