मुख्य समाचार
एक्सट्रिम इनर्जी ड्रिंक नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक बनेको छ
एक्सट्रिम इनर्जी ड्रिंक नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक बनेको छ

— एक्सट्रिम इनर्जी ड्रिंक नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक बनेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जनाए अनुसार नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका लागि एक्सट्रिम इनर्जी ड्रिंकले दुई वर्षे सम्झौता गरेको हो ।

सम्झौता अनुरुप एक्सट्रिम इनर्जी ड्रिंकले महिला क्रिकेटको प्रवर्द्धन गर्न क्यानलाई प्रति वर्ष ८० लाख उपलब्ध गराउने छ । क्यानले ३ साताअघि महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि समाजिक सञ्जालमार्फत बोलपत्र आह्वान गरेको थियो, जसमा न्यूनतम मूल्य वार्षिक ६० लाख रुपैयाँ राखिएको थियो ।

नेपाली महिला क्रिकेट टोलीले पाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो प्रायोजक हो । क्यानले एक्सट्रिम इनर्जी ड्रिंकसँगको सहकार्य निकै फलदायी हुने विश्वास लिएको छ । दुई महिना अघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा एक्सट्रिम इनर्जी ड्रिंक काठमाडौं गोर्खाजसँग आवद्ध थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...