मुख्य समाचार
शक्ति दुरुपयोगको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई ५ वर्ष जेल सजाय
शक्ति दुरुपयोगको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई ५ वर्ष जेल सजाय

— दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई शक्ति दुरुपयोग र न्याय सम्पादनमा अवरोध पुर्‍याएको अभियोगमा ५ वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०२४ मा सैनिक शासन (मार्सल ल) लगाउने असफल प्रयासका क्रममा पदको दुरुपयोग गरेको, कागजात किर्ते गरेको र न्यायमा अवरोध पुर्‍याएको ठहर गर्दै अदालतले शुक्रबार उक्त फैसला सुनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार महाभियोगमार्फत पदमुक्त भएका युनमाथि लागेका विभिन्न चार मुद्दामध्ये यो पहिलो फैसला हो । सन् २०२४ को डिसेम्बरमा उनले चालेको 'मार्सल ल' को कदमले दक्षिण कोरियालाई ठूलो राजनीतिक संकटमा धकेलेको थियो । उनको सो घोषणा लगत्तै सांसदहरूले संसद् भवन पुगेर उक्त निर्णय उल्ट्याएका थिए भने देशभर उनीविरुद्ध प्रदर्शन चर्किएको थियो ।

फैसला सुनाउँदै न्यायाधीशले युनको कदमले मुलुकलाई राजनीतिक अस्थिरतामा धकेलेको र उनले आफ्नो गल्तीप्रति कुनै पश्चात्ताप नगरेको उल्लेख गरे । युनलाई राष्ट्रपति कार्यालयका अंगरक्षक प्रयोग गरी आफ्नो पक्राउ रोक्न खोजेको, मन्त्रिपरिषद्को पूर्ण परामर्शबिना मार्सल ल घोषणा गरेको र प्रधानमन्त्री तथा रक्षामन्त्रीको समर्थन रहेको भनी किर्ते कागजात तयार पारेकामा दोषी ठहर गरिएको छ ।

'युनको कर्तव्य संविधान र कानुनको रक्षा गर्नु थियो, तर उनले त्यसको विपरित काम गरे,' न्यायाधीशले भने । अभियोजनकर्ताहरूले भने उनलाई १० वर्षको जेल सजाय माग गरेका थिए । यो फैसलामा चित्त नबुझे दुवै पक्षलाई पुनरावेदनका लागि ७ दिनको समय दिइएको छ ।

पूर्वराष्ट्रपति युनले भने आफूमाथिका सबै आरोप अस्वीकार गर्दै आएका छन् । उनले मार्सल ल घोषणा गर्दा कुनै पनि कानुनी प्रक्रिया उल्लंघन नगरेको र आफूमाथि भएको अनुसन्धान नै अवैध रहेको दाबी गर्दै आएका छन् ।

यसअघि पूर्वराष्ट्रपति पार्क गेउन-हाइलाई पनि भ्रष्टाचार र शक्ति दुरुपयोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो, पछि उनलाई माफी दिइएको थियो । युनको मार्सल ल प्रयासको ६ महिनापछि भएको निर्वाचनमा विपक्षी नेता ली जे-म्युङ भारी मतले विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...