मुख्य समाचार
नोबेल कमिटीको असन्तुष्टिबीच माचाडोले ट्रम्पलाई दिइन् आफूले पाएको शान्ति पुरस्कार
नोबेल कमिटीको असन्तुष्टिबीच माचाडोले ट्रम्पलाई दिइन् आफूले पाएको शान्ति पुरस्कार

— नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रदान गरेकी छन् ।

बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटका क्रममा उनले ट्रम्पलाई उक्त पदक हस्तान्तरण गरेकी हुन् । अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको केही सातापछि माचाडोले ट्रम्पलाई नोबेल पदक हस्तान्तरण गरेकी हुन् । यस कदमलाई उनले अमेरिका र भेनेजुएलाबीचको दुई सय वर्ष पुरानो ऐतिहासिक सम्बन्धसँग जोडेर व्याख्या गरेकी छन् ।

उनले अमेरिकी स्वतन्त्रता संग्रामका योद्धा मार्किस डे लाफायेटले जर्ज वासिङ्टनको तस्बिर अंकित पदक भेनेजुएलाका संस्थापक सिमोन बोलिभरलाई दिएको ऐतिहासिक प्रसंग स्मरण गर्दै भनिन्, ‘दुई सय वर्षपछि बोलिभरका सन्तानहरूले वासिङ्टनका उत्तराधिकारीलाई हाम्रो स्वतन्त्रताप्रतिको प्रतिबद्धताका लागि नोबेल पदक फिर्ता दिएका छन् ।’

तर नोबेल शान्ति पुरस्कार समितिले पुरस्कार घोषणा भइसकेपछि त्यसलाई कसैलाई हस्तान्तरण गर्न वा बाँड्न नमिल्ने स्पष्ट पारेको छ । यसअघि नै माचाडोले ट्रम्पलाई आफ्नो पदक दिने घोषणा गरेपछि समितिले असन्तुष्टि व्यक्त गरेको थियो । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नोबेल पुरस्कार घोषणा भएपछि त्यसको स्वामित्व र निर्णय अन्तिम तथा स्थायी हुन्छ । यसलाई कसैलाई हस्तान्तरण गर्न वा बाँड्न मिल्दैन ।’

मदुरोको बहिर्गमनपछि ट्रम्प प्रशासनले भेनेजुएलाको तेल क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न थालेको छ । बुधबार मात्र अमेरिकाले ५० करोड डलर बराबरको भेनेजुएलाली तेल बिक्री गरेको जनाएको छ । यसैबीच, रोड्रिगेज निकट दूतहरू वासिङ्टन पुगेका छन् र भेनेजुएलाली दूतावास पुनः सञ्चालनको तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...