: एन्फा राष्ट्रिय लिग २०८२ अन्तर्गत मच्छिन्द्र फुटबल क्लबले न्युरोड क्लब (एनआरटी)लाई पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ७:३० बजेबाट सुरु भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले एनआरटीलाई १-० ले पराजित गरेको हो। मछिन्द्र फुटबल क्लबका अलिक श्रेष्ठले खेलको ६२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो।
पहिलो हाफ शून्य बराबरीमा सकिँदा दोस्रो हाफमा मछिन्द्रका लागि अलिकले गोल गरेका हुन्। यससँगै मछिन्द्रले लिग तालिकामा तीन अङ्क जोडेको हो। यो खेल एन्फा राष्ट्रिय लिग २०८२ को उद्घाटन खेलको रुपमा रहेको थियो। यसअघि चारवटा खेल सम्पन्न भइसके पनि एन्फाले यो खेललाई औपचारिक उद्घाटन खेलको रुपमा खेलाएको थियो।