मुख्य समाचार
एसबीआई बैंक शाखा लुटपाटमा घरबेटीकै मुख्य योजना रहेको खुलासा
एसबीआई बैंक शाखा लुटपाटमा घरबेटीकै मुख्य योजना रहेको खुलासा

: सिन्धुलीको घ्याङलेख गाउँपालिका -२ हायुटार बस्तिपुरमा गत मंगलबार राति एसबीआई बैंक शाखा लुटपाटमा घरबेटीकै मुख्य योजना रहेको खुलासा भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार बैंक भाडामा रहेको घरकै घरबेटीको मुख्य योजनामा बैंक लुटपाट भएको अनुसन्धानबाट खुलेको हो। उनीहरूले बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटेको बताइएको छ।


घरबेटी नै मुख्य योजनाकार

बैंक लुटपाटमा मुख्य योजनाकारसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सुवेदीको भनाई छ। उनका अनुसार पक्राउ पर्नेहरुमा घरधनी घ्याङलेख गाउँपालिका -२ का छविलाल स्याङ्तान, बनेपा नगरपालिका १० काभ्रेका भागवत सिंह थापा, घ्याङलेख गाउँपालिका-२ का चतुरमान बज्यू, भरतपुर महानगरपालिका-२ चितवनका शशांक श्रेष्ठ, पन्चकन्या गाउँपालिका-५ नुवाकोटका मिनल गिरी, विवेक मगर र एक जना वर्ष १६ का व्यक्ति रहेका छन्।
पक्राउ परेकामध्ये थापा बैंक लुटपाटमा लुटेराहरुले रिजर्भ गरी ल्याएको सुमोका चालक हुन् भने चतुरमान बज्यु घरबेटी छविलाल स्याङ्तानका ज्वाई हुन्। उनीहरुमध्ये चारजनालाई घ्याङलेख गाउँपालिका १ सुकाचुरीबाट स्थानीयको सहायतमा मंगलबार राती र बुधबार पक्राउ गरिएको हो।

तेस्रो पटकको योजनापछि बैंक लुटपाट
लुटेराहरुले उक्त बैंक लुट्न तीन पटक योजना बनाएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख सुवेदीले भने, ‘लुटेराहरुले बैंक लुट्न यस अघि दुई पटक योजना बनाएको भएपनि असफल भएको र तेस्रो पटकमा बैंक लुटिएको पाइएको छ। घरबेटीकै योजनामा बैंक लुटिएको उनीहरूले स्वीकार समेत गरेका छन्।’

उनीहरुले २०८२ को गत असोज महिनामै बैंक लुट्ने पहिलो पटक योजना बनाएका रहेछन्, सुवेदीले थपे, ‘त्यतिबेला योजनाको तयारी र सूचना संकलनमा सफल नभएपछि गत पौषको २३ गते दोस्रो पटक बैंक लुट्न भनि काठमाडौंबाट २ वटा मोटरसाइकलमा हाल पक्राउ परेकामध्ये चार जना आएको र उक्त दिन पनि परिस्थिति अनुकूल नहुँदा योजना विफल भएको पाइएको छ।’

त्यसपछि तेस्रो पटक उनीहरूले पौष २८ गते बैंक लुट्ने योजना बनाएर काठमाडौंको कोटेश्वरमा जम्मा भई पब्लिक बस चढी बनेपासम्म आएर त्यहाँबाट बीएडी ०३९८ नम्बरको टाढा सुमो जीप रिजर्भ गरी घ्याङलेख आइपुगेको तथ्य खुलेको छ। अहिले प्रहरीले उक्त सुमो समेत नियन्त्रणमा लिएको छ। सुमो र त्यसको चालक प्रति शंका लागेर अनुसन्धान थालेपछि बैंक लुटेराहरू नियन्त्रणमा लिन सहज भएको प्रहरीको भनाई छ।

घरबेटीबाटै हातहतियार र सूचना संकलन
सो बैंक लुटपाटमा आवश्यक हातहतियारको बन्दोबस्ती बैंक भाडामा सञ्चालन गरिएको घरकै घरबेटीले मिलाएको अनुसन्धानबाट खुलेको छ। बैंकमा रहेका कर्मचारीको निगरानी, सूचना प्रदान तथा लुटेराहरुलाई निर्देशन दिनेदेखि आवश्यक हातहतियारको बन्दोबस्ती गर्ने कार्यमा घरबेटी वर्ष ४४ का छविलाल स्याङ्तानले नै गरेको पाइएको छ। सोही अनुसार कर्मचारीहरुलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर, मुखमा समेत टेप लगाई बैंकका सुरक्षा गार्ड रुद्र कार्कीलाई खुकुरी प्रहार गरि घाइते बनाएर लुटपाट गरिएको प्रहरी प्रमुख सुवेदीको भनाई छ।

घटनालगत्तै पाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बस्तिपुरबाट आएको प्रहरीको टोलीले बैंकका सुरक्षा गार्ड र कर्मचारीहरुको उद्धार गरेको थियो।

बैंकबाट ३ करोड ७ लाख लुटियो
हतियारसहित आएको समूहले बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ। प्रहरी प्रमुख सुवेदीका अनुसार बैंकका शाखा प्रबन्धन्कले दिएको विवरण अनुसार बैंकबाट लुटेराहरुले ३ करोड ७ लाख रुपैयाँ लुटेका हुन्। मंगलबार राति करिब साँढे सात बजे बैंकमा हतियारसहित प्रवेश गरेको समूहले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटेको ३ करोड ७ लाखमध्ये १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ प्रहरी र स्थानीयको सक्रियतामा खोजतलास गर्नेक्रममा जंगलबाट फेला पारिएको थियो।

यस्तै पक्राउ परेकाहरुको साथबाट ५ लाख ९ हजार ६ सय ७५ रुपैयाँ र उनीहरूले लुकाई छिपाई राखेको जंगलबाट थप ८३ लाख ३५ हजार गरी कुल २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ प्रहरीले नियन्त्रणमा लिएको छ। लुटिएको भनिएकोमध्ये अझै ३८ लाख ४४ हजार ८ सय २५ रुपैयाँ भेटाउन सकिएको छैन्।

लुटपाटमा नक्कली हतियार प्रयोग
बैंकबाट नगद लुटपाट गर्नेक्रममा लुटेराहरुले प्रयोग गरेको हतियार नक्कली भएको पाइएको प्रहरीले जनाएको छ। घटनामा उनीहरूले प्रयोग गरेको भनिएको पेस्तोल नक्कली (प्लाष्टि) को भएको पाइएको प्रहरी प्रमुख सुवेदीको भनाई छ।

लुटेराहरुले दुईवटा खुकुरी र दुई वटा पेस्तोल प्रयोग गरेको बैंकका सुरक्षा गार्ड र कर्मचारीहरुले बताउँदै आएका थिए। तिमध्ये दुई वटा खुकुरी र एउटा पेस्तोल प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको पेस्तोल नक्कली भएको पुष्टि भएको हो।
यस्तै घटनमा प्रयोग भएको मोबाइल पाँच थान, ठूलो पानी टेप १ थान, कालो र रातो सङको नकाब ४ थान, कालो पन्जा १ जोर प्रहरीले नियन्त्रणमा लिएको छ।

थप अनुसन्धानमा प्रहरी
बैंक लुटपाटमा संलग्नहरुमध्ये अझै एक जना फरार रहेको प्रहरीको भनाई छ। प्रहरीले अन्य व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने आशंकमा अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ।

बैंकका कर्मचारी र सुरक्षागार्डलाई समेत शंकाको घेरामा राखेर अनुसन्धान अघि बढाइएको जनाएको छ। घटना लगत्तै प्रहरी प्रमुख लालध्वज सुवेदीकै नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो। बैंक लुटिएको १२ घण्टा नबित्दै प्रहरी र स्थानीयले चार जना लुटेरा र नगद बरामद गर्न सफल भएका थिए। पक्राउ परेकाहरूलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको गतिका लागि पनि निर्वाचन आवश्यक रहेको बताएका हुन्। संयोजक प्रचण्डले निर्वाचन हुने या नहुने भन्नेमा दुबिधामा नरहन आग्रह गरे। सरकारले निर्वाचन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। उनले भने,ʻमैले आफ्नो दलको टिकट ...
: कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई कसैको धम्कीबाट प्रभावित नहुन आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै शर्माले धम्कीबाट प्रभावित नहुन आग्रह गरेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको पक्षमा निर्णय नभए देशभर आन्दोलन गर्छु भन्ने प्रकृतिको अभिव्यक्तिले दिनु दुःखद रहेको शर्माको भनाइ छ। 'अहिले भएको प्रक्रियालाई ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर -३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । त्यस्तै झापा निर्वाचन झापा- १ का ...
रुकुमपूर्वमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ
: प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन्। शुक्रबार बालुवाटारमा नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्नका लागि आगामी चुनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि ...