मुख्य समाचार
ह्वाइट हाउसले इरानले करिब ८०० जनाको मृत्युदण्ड रोकेको दाबी
ह्वाइट हाउसले इरानले करिब ८०० जनाको मृत्युदण्ड रोकेको दाबी

ह्वाइट हाउसले इरानले करिब ८०० जनाको मृत्युदण्ड रोकेको दाबी गरेको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको टोलीले हत्या जारी रहेको खण्डमा गम्भीर परिणाम भोग्नुपर्ने सन्देश पठाएपछि मृत्युदण्ड रोकिएको हो।




शुक्रबारका लागि तय गरिएको ८०० मृत्युदण्ड स्थगित भएको जानकारी बिहीबार नै ट्रप्पलाई आएको उनको दाबी छ। उनले भनिन्, ‘राष्ट्रपति ट्रम्प र उनको टोलीले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन्। राष्ट्रपतिका लागि सबै विकल्पहरू खुला छन्।’


इरानमा केही दिनदेखि विरोध प्रदर्शनहरू जारी छ। बीबीसीमा उल्लेख भएअनुसार धेरै रिपोर्टहरूले इरानी अधिकारीहरूले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिइरहेका दाबी गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले कुनै पनि प्रदर्शनकारीलाई मृत्युदण्ड दिएमा अमेरिकाले त्यसविरुद्ध कडा कारबाहीगर्ने चेतावनी दिएका थिए।



इरफान सोल्तानीलाई हालै तेहरानमा भएको विरोध प्रदर्शनको क्रममा हिरासतमा लिइएको थियो। एक आफन्तले बीबीसी फारसीलाई बताएअनुसार दुई दिन भित्रै अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको छ। तर, बिहीबार इरफान सुल्तानीको मृत्युदण्ड रोकिएको खबर आएको थियो।

इरानको राज्य प्रसारण एजेन्सीले न्यायपालिकालाई उद्धृत गर्दै भनेको छ, ‘इरफान सोल्तानीलाई जनवरी १० मा अशान्तिको समयमा पक्राउ गरिएको थियो। उनीमाथि देशको आन्तरिक सुरक्षा विरुद्ध भेला भएको र षड्यन्त्र गरेको र शासन विरुद्ध प्रचार गतिविधि गरेको आरोप छ।’

बीबीसी फारसीका अनुसार न्यायपालिकाले भनेको छ, ‘यदि अभियोजन पक्षले आफ्नो आरोप प्रमाणित गर्छ र सक्षम अदालतले कानुनी फैसला दिन्छ भने कानूनद्वारा तोकिएको सजाय कारावास हो। यी आरोपहरूका लागि मृत्युदण्डको कुनै प्रावधान छैन।’ रिपोर्टअनुसार इरफान सुल्तानी हाल कारज केन्द्रीय कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...