मुख्य समाचार
कांग्रेसले पुस ३० गते सम्पन्न दोस्रो विशेष महाधिवेशन विधानसम्मत,बहुमत प्रतिनिधिको उपस्थिति र सहभागितामा पूर्णरूपमा वैधानिक तरिकाले सम्पन्न भएको स्पष्ट पारेको छ
कांग्रेसले पुस ३० गते सम्पन्न दोस्रो विशेष महाधिवेशन विधानसम्मत,बहुमत प्रतिनिधिको उपस्थिति र सहभागितामा पूर्णरूपमा वैधानिक तरिकाले सम्पन्न भएको स्पष्ट पारेको छ

: नेपाली कांग्रेसले पुस ३० गते सम्पन्न दोस्रो विशेष महाधिवेशन विधानसम्मत,बहुमत प्रतिनिधिको उपस्थिति र सहभागितामा पूर्णरूपमा वैधानिक तरिकाले सम्पन्न भएको स्पष्ट पारेको छ। गगन थापा नेतृत्वको कांग्रेस प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै पार्टीको दोस्रो विशेष महाधिवेशन पूर्णरूपमा वैधानिक र विधिसम्मत रहेको दावी गरेका हुन्।




विशेष महाधिवेशनपछि केही महाअधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता लिएको भन्ने विषय बाहिरिएपछि पार्टी केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै त्यसको सत्यता र वैधानिक प्रभावबारे प्रस्ट पारेको हो।


पार्टीका अनुसार विशेष महाधिवेशनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति भंग गरी १५ औँ महाधिवेशन सम्पन्न नहुन्जेलसम्मका लागि गगनकुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको थियो, जुन निर्णय सार्वजनिक भइसकेको छ।



केन्द्रीय समितिका अनुसार दर्ता हुँदा कुल २ हजार ४८८ जना महाअधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न थियो। दर्तापछि २९ जना प्रतिनिधिहरूले मात्र हस्ताक्षर फिर्ता लिएको हुन्। अधिवेशनका क्रममा कुल ४ हजार ६३५ जना महा्धिवेशन प्रतिनिधिमध्ये २ हजार ६५२ जना प्रतिनिधिहरूको उपस्थिति रहेको पार्टीले जनाएको छ।

'विशेष महाधिवेशन असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न थियो। दर्तापछि केवल २९ जनाले हस्ताक्षर फिर्ता लिएका थिए। अधिवेशनमा कूल महाधिवेशन प्रतिनिधि संख्या ४,६३५ मध्ये २,६५२ जना महाधिवेशन प्रतिनिधि उपस्थिति रहेको थियो । उपस्थित सबै प्रतिनिधिहरूले निर्णय प्रक्रियामा पूर्ण रूपमा भाग लिए र मतदान र बहसमा सक्रिय सहभागी भए,'विज्ञप्तिमा भनिएको छ।

पार्टीले विशेष महाधिवेशन सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने कुनै पनि हस्ताक्षरले अधिवेशनको वैधानिकता,निर्णय प्रक्रिया वा निर्णयहरूको वैधतामा कुनै प्रभाव नपर्ने स्पष्ट पारेको छ।

नेपालको संविधान,नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार एकपटक विधिसम्मत रूपमा सम्पन्न भएको अधिवेशनका निर्णयहरू पछिल्लो हस्ताक्षर फिर्ताको आधारमा रद्द वा प्रभावित गर्न नमिल्ने केन्द्रीय समितिको भनाइ छ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधरले भने ८८५ जना महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता लिएको दावी गरे‍को छ। शुक्रबार निर्वाचन आयोग पुगेर देउवा समूहले ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको विवरण बुझाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको गतिका लागि पनि निर्वाचन आवश्यक रहेको बताएका हुन्। संयोजक प्रचण्डले निर्वाचन हुने या नहुने भन्नेमा दुबिधामा नरहन आग्रह गरे। सरकारले निर्वाचन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। उनले भने,ʻमैले आफ्नो दलको टिकट ...
: कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई कसैको धम्कीबाट प्रभावित नहुन आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै शर्माले धम्कीबाट प्रभावित नहुन आग्रह गरेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको पक्षमा निर्णय नभए देशभर आन्दोलन गर्छु भन्ने प्रकृतिको अभिव्यक्तिले दिनु दुःखद रहेको शर्माको भनाइ छ। 'अहिले भएको प्रक्रियालाई ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर -३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । त्यस्तै झापा निर्वाचन झापा- १ का ...
रुकुमपूर्वमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ
: प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन्। शुक्रबार बालुवाटारमा नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्नका लागि आगामी चुनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि ...