: सरकारले फागुन २१ गते तोकिएको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेको छ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता जगदिश खरेलले तोकिएको समयमै निर्वाचन गर्ने तयारीमा सरकार रहेको भन्दै फागुन २१ को निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका हुन्।
उनले पछिल्लो समय उत्पन्न विषयमा निर्वाचन आयोगको निर्णय पर्खन सुझाव दिए।
निर्वाचन आयोगले भने कांग्रेसको गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको छ। शुक्रबार बसेको आयोगको बैठकले चार तारे झन्डा र चुनाव चिन्ह रुखसहित गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई आधिकारिक कांग्रेसको मान्यता दिएको हो।