मुख्य समाचार
अछाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
अछाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

: अछाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि शुक्रबार अछाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को मंगलसेनमा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को साँफेबगर शुक्रबार कार्यालय स्थापना गरिएको छ । मंगलसेनमा जिल्ला अदालत तथा साँफेबगर नगरपालिकाको नयाँ भवनमा कार्यालय स्थापना गरिएको छ । अछाममा जिल्ला न्यायाधीश रोशनकुमार भट्टराई मुख्य निर्वाचन अधिकृत र क्षेत्र नं २ को निर्वाच अधिकृत तथा भोलाराज रेग्मीलाई क्षेत्र नं १ को निर्वाचन अधिकृत तोकिएको छ ।


मुख्य निर्वाचन अधिकृत रोशनकुमार भट्ट्राईले फागुन २१ को निर्वाचन सफल, शान्तीपुर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सबै पक्ष सबै सरोकारवालाहरूको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताए ।



निर्वाचन आयोगको कार्यतालिका अनुसार दुवै निर्वाचन क्षेत्रमा कार्यालय स्थापनापछि थप अन्य कार्यहरू अगाडि बढाइने भट्ट्राईले जानकारी दिए । निर्वाचन आयोगले माघ ६ गते उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जिल्लामा १३० वटा निर्वाचन स्थल र २१३ वटा मतदान केन्द्र रहेको जानकारी दिए । उनले निर्वाचनका लागि एकिकृत जिल्ला सुरक्षा योजना तयार पारिएको जानकारी दिए । निर्वाचनका लागि जनशक्ति पदपूर्ति गर्ने क्रममा १हजार६४२ निर्वाचन प्रहरी भर्ना आवेदन खुल्ला गरिएको र आवेदन संख्या अपुग भएकाले माघ ३ गतेसम्म म्याद थप गरिएको जानकारी दिए ।

माघ ६ गते उम्मेदवारको मनोनय दर्ताका लागि र क्रमश: निर्वाचन आयोगको कार्यतालिका अनुसार कामकाजहरू अगाडि बढाउने क्षेत्र नं १ का निर्वाचन अधिकृत भोलाराज रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको गतिका लागि पनि निर्वाचन आवश्यक रहेको बताएका हुन्। संयोजक प्रचण्डले निर्वाचन हुने या नहुने भन्नेमा दुबिधामा नरहन आग्रह गरे। सरकारले निर्वाचन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। उनले भने,ʻमैले आफ्नो दलको टिकट ...
: कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई कसैको धम्कीबाट प्रभावित नहुन आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै शर्माले धम्कीबाट प्रभावित नहुन आग्रह गरेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको पक्षमा निर्णय नभए देशभर आन्दोलन गर्छु भन्ने प्रकृतिको अभिव्यक्तिले दिनु दुःखद रहेको शर्माको भनाइ छ। 'अहिले भएको प्रक्रियालाई ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर -३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । त्यस्तै झापा निर्वाचन झापा- १ का ...
रुकुमपूर्वमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ
: प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन्। शुक्रबार बालुवाटारमा नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्नका लागि आगामी चुनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि ...