मुख्य समाचार
निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर -३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ ।




त्यस्तै झापा निर्वाचन झापा- १ का लागि मेचीनगर नगरपालिका कार्यालय, झापा- २ का लागि अर्जुनधारा नगरपालिकाको कार्यालय, झापा- ४ का लागि कनकाई नगरपालिकास्थित अतिथि सदन भवन र झापा- ५ का लागि दमकस्थित अग्र्यानिक कृषि भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । जिल्लामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेको छ । जुन २०७९ सालको निर्वाचन भन्दा ५० हजार २२६ मतदातामा वृद्धि भएको उनले बताए ।


जिल्ला समन्वय समितिको भवनमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेल र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संयुक्त रुपमा बोर्ड राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् ।



जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना भइसकेकोले आजदेखि नै निर्वाचनका सम्पूर्ण गतिविधिहरू त्यही कार्यालयहरूबाट सञ्चालन हुने प्रमुख न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता तथा सोही दिन मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने । माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने, माघ ७ र ८ गते उजुरी तथा मनोनयन पत्रमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम फिर्ता लिने तथा माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने बताए । विशेष अवस्थामा यो निर्वाचन हुन लागेकोले सबै पक्षहरूको साथ सहयोगको आवश्यकता पर्ने उनको भनाइ छ ।

त्यस्तै निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना, राजनीतिक दल तथा सरोकारवाला निकायबिच समन्वय र सहकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी गेलालले बताए । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार जिल्लाका मतदान केन्द्रहरूलाई वर्गीकरण गरेका छौँ ।

२८५ मतदान स्थलमध्ये ४३ वटा सामान्य, संवेदनशीलमा १४७ र अति संवेदनशीलमा ९५ वटा रहेको प्रजिअ गेलालले बताए । त्यसमा ८१५ वटा मतदान केन्द्रहरु रहेका छन् । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनको भनाइ छ ।

निर्वाचन सुरक्षाका लागि झापामा चार हजार ७९७ जना ‘निर्वाचन प्रहरी’ परिचालन गरिने छ । नेपाल प्रहरीतर्फ चार हजार ३०८ र सशस्त्र प्रहरी बलतर्फ ४८९ जना परिचालन गरिनेछ । अहिले निर्वाचन प्रहरी भर्ना भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको गतिका लागि पनि निर्वाचन आवश्यक रहेको बताएका हुन्। संयोजक प्रचण्डले निर्वाचन हुने या नहुने भन्नेमा दुबिधामा नरहन आग्रह गरे। सरकारले निर्वाचन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। उनले भने,ʻमैले आफ्नो दलको टिकट ...
: कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई कसैको धम्कीबाट प्रभावित नहुन आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गर्दै शर्माले धम्कीबाट प्रभावित नहुन आग्रह गरेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको पक्षमा निर्णय नभए देशभर आन्दोलन गर्छु भन्ने प्रकृतिको अभिव्यक्तिले दिनु दुःखद रहेको शर्माको भनाइ छ। 'अहिले भएको प्रक्रियालाई ...
रुकुमपूर्वमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ
: प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने बताएकी छन्। शुक्रबार बालुवाटारमा नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले विगतमा पैसाको खेल भयो भन्ने गुनासो आएको भन्दै भ्रष्टाचार अन्त्य गर्नका लागि आगामी चुनावमा पैसाको खेल हुनबाट रोक्नुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि ...
: नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई लोकतन्त्रिक मूल्यामान्यतामा अघि बढाउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा राजधानी विशेष कमिटीको घोषणा गर्दै अध्यक्ष ओलीले भाद्र २३ र २४ को घटनापछि मुलुकमा लोकतन्त्र मासिएको भन्दै यसलाई पुर्नबहाली गर्दै देशलाई लोकतन्त्रिक मूल्यामान्यतामा अघि बढाउनुपर्ने बताए। उनले ठूला त्याग गरेर ल्याएको लोकतन्त्रलाई जलाएर आफैं नायक हुँ भन्दै केही मान्छे बाहिर निस्केको ...