मुख्य समाचार
छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने
छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने

— कांग्रेस उपभापति विश्वप्रकाश शर्माले छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने बताएका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि उनले फेसबुकबाट सम्बोधन गर्दै अब निर्वाचनमा होमिने बताए ।

‘नेपाली कांग्रेस नवीन ढंगले आइएको छ । निर्वाचनमा होमिएको छ । हामी दिनरात मैदानमा तपाईंको साथमा रहनेछौं,’ उनले भने, ‘केन्द्रीय कार्यसमितिमा छुटेकालाई समेट्नेछौं । सँगै लिएर जाने छौं । भोलि, पर्सितिर उम्मेदवारको गति बढाउनेछौं ।’

यो देशमा दुई पटक प्रधानमन्त्री बन्न नपाउने प्रणाली कार्यान्वयन गर्ने उनले बताए । ‘पाँच वर्ष टिक्ने पद्धतिमा जानेछौं,’ उनले भने ।

शर्माले भदौ २४ मा ध्वस्त भएको अवस्थाबाट माथि उठ्ने बताए । ‘पीडालाई आत्मसाथ गर्ने काम हामीले गर्नेछौं । ध्वस्त भएको मुलुकबाट खरानी पन्छाएर उठ्नुपर्ने छ,’ उनले सामाजिक सञ्जालबाट सम्बोधन गर्दै भने, ‘कयौं कमजोरी गर्‍यौ होला । कांग्रेसले अघि सारेको उदारवादी अर्थतन्त्रलाई आत्मसाथ गरेर अघि बढ्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस सभापति गगन थापालाई बधाई दिँदै नेता सुजाता कोइरालाले परिवर्तन स्वीकार गर्नुपर्ने बताएकी छन् । उनले पार्टी विभाजन नभई नयाँ सभापति र नेतृत्व आएकाले खुसी भएर स्वीकार गर्नुपर्ने बताएकी छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले देशले परिवर्तन चाहेको र त्यसलाई खुसीसाथ अँगाल्नुपर्ने धारणा सार्वजनिक गरेकी हुन् । पार्टी विभाजन भएको अनुभव आफूलाई नभएको ...
— कांग्रेसको विघटित केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र संवैधानिक उपचारका लागि अघि बढ्ने निर्णय गरेको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा पूर्वसभापति शेरबहादुर देउवापक्षीय नेताहरु सहभागी बैठकले यस्तो निर्णय गरेको हो । पूर्वउपसभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा शेखर कोइराला र उनीपक्षीय नेताहरुको समेत उपस्थिति रहेको थियो । ‘निर्वाचन आयोगको निर्णय पार्टीको विधान र ...
— कांग्रेस सभापति गगन थापाको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बानेश्वरको एक पार्टी प्यालेसमा बसिरहेको छ । बैठकका तीनवटा एजेन्डामाथि छलफलमा छन् । पार्टीलाई एक ढिक्का बनाउनका लागि सबैलाई फर्कन आह्वान गर्ने, टिकट वितरणका लागि पार्टीको संसदीय समिति बनाउने र प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने विषय मुख्य छलफलमा छन् । निर्वाचन आयोगले थापा नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गर्दै ...
— विभिन्न मुद्दा फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाबाट खटिएका सुरक्षाकर्मीको टोलीले शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, दार्मा, छत्रेश्वरी, कालीमाटी गाउँपालिकाको विभिन्न स्थानमा लुकेर बसिरहेको अवस्थामा एक महिनाको अवधिमा १३ जना फरार प्रतिवादी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार पक्राउ पर्नेमा ...
— रुकुम पश्चिममा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फाको हत्या गरेको प्रहरीले जनाएको छ । पारिवारिक विवादका कारण गणेशबहादुरले श्रीमतीलाई टाउको र हातमा सनासोले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए । घाइते अवस्थामा पम्फाको उपचारका लागि ...