मुख्य समाचार
स्याङ्जामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि
स्याङ्जामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि

: स्याङ्जामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। यसवर्ष स्याङ्जामा २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख अजय अधिकारीका अनुसार यसवर्ष १ अर्ब ३२ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ।

प्रति किलो औसतमा ५७ रुपैयाँका दरले मूल्यांकन गर्दा सो मूल्य आएको कार्यालयले जनाएको छ। दुई हजार ४ सय हेक्टरमा सुन्तला खेती गरिएको छ। ती क्षेत्रफल मध्ये ६० प्रतिशतले पुरा उत्पादन दिने गरेको छ भने बाँकी ४० प्रतिशतमा हुर्कदो विरुवा छ्न्। गएको वर्ष स्याङ्जामा १ अर्ब १२ करोड बराबरको सुन्तला उत्पादन भएको थियो। गत वर्षको तुलनामा यो वर्ष १८ करोड बढी हो। गत वर्ष २० हजार ८४ मेट्रिक टन उत्पादन भएको थियो।


स्याङ्जामा प्रतिहेक्टर १४ दशमलब ६६ मेट्रिक टन उत्पादकत्व रहेकोमा यसवर्ष प्रति प्रतिहेक्टर १६ दशमलब ३७ मेट्रिक टन उत्पादन दिएको परियोजनाले जनाएको छ। बर्सेनि सुन्तला रोपणका अभियान बढ्दो छ। सुन्तला फल्ने क्षेत्रसमेत बढेको छ। यसवर्ष १ सय ५० हेक्टर क्षेत्रफल सुन्तला क्षेत्र बढेको छ।



सुन्तलाका लागि उपयुक्त भौगोलिक वातावरण, सुन्तला फूल्ने र फल्ने समय अनुकुल रहनु, अत्यधिक पानी र असिना नपरेका कारण उत्पादनमा वृद्धि भएको सुन्तला सुपरजोन सञ्चालक समितिका अध्यक्ष बोधराज अर्यालले बताए। सुन्तला उत्पादनमा बढेसँगै किसानहरु उत्साहित छन्।

उत्पादित सुन्तलाको झण्डै १० प्रतिशत आन्तरिक रूपमा र ९० प्रतिशत विभिन्न शहरहरुमा निर्यात हुने गर्दछ। उत्पादित सुन्तला मध्ये २ हजार ३५६ मेट्रिक टन आन्तरिक र २० हजार ८८२ मेट्रिक टन निर्यात हुने परियोजनाले जनाएको छ । यहाँ सयौंका संख्यामा सुन्तला किसान छन्। सुन्तला खेतीबाटै मनग्यै आम्दानी गर्दै आएका छन्। मकै, धान र कोदो फल्ने ठूल्ठूला गराहरुमा सुन्तला फलाउन थालेका छन्। उत्तरतर्फ फर्केका पाखोबारी पहेंलपुर छन्। एउटै किसानले वर्षमा ३०देखि ४० लाखसम्म आम्दानी गर्ने गरेका छन्।

स्याङ्जामा उत्पादित सुन्तला छिमेकी जिल्ला पोखरा, काठमाडौं, चितवन र बुटवल निर्यात हुँदै आएको छ। ठूला साना सबै व्यापारीले राम्रो व्यापार गर्ने गर्दछन। बगैंचामै पुगेर सुन्तला टिप्ने गर्दछन। बगैंचामा नै एकमुष्ट किन्ने गरेका छन्। स्याङ्जाका सुन्तला हेर्दा राम्रो र खाँदा स्वादिला र मिठो भएका कारण व्यापारीको पहिलो रोजाई स्याङ्जा पर्ने गरेको व्यापारीहरुको भनाइ छ।

स्याङ्जाका ११ वटै पालिकाका सबै क्षेत्रमा सुन्तला खेती गरिँदै आएको छ। जिल्लाका ९७ वडामध्ये ५/६ वटा वडा बाहेक सबैमा सुन्तला फल्ने गरेका छन्। पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका सहित अर्जुनचौपारी, बिरुवा, हरिनास, फेदीखोला, आँधीखोला गाउँपालिकामा सुन्तला उत्पादन हुने गर्छ।

यहाँका सुन्तला किसानले सुन्तला खेतीबाटै वार्षिक न्यूनतम् २ देखि अधिकतम ३०/४० लाख रुपैयाँसम्म नगद आम्दानी गर्दै आएका छन्। सहकारी, समूह र व्यक्तिगत रुपमा सुन्तला खेती गर्ने गरिएको छ। मल, जल र स्याहार सुसार गरेमा बिरुवा रोपेको ५ वर्षभित्रमा सुन्तलाले राम्रो आम्दानी दिने गर्छ। कलमी गरेर तयार गरिएको बिरुवाले रोपेको तीन वर्षमै फल दिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अर्थ मन्त्रालयले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटीमा सहमति दिएको छ । अर्थले लगानी मोडालिटीमा सहमति दिएसँगै थप प्रक्रिया अघि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । धादिङ र गोरखामा निर्माण हुने बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) ...
— चोभार सुक्खा बन्दरगाहमा मात्रै ६ सय ५० युनिट विद्युतीय सवारी (ईभी) राखिएका छन् । रसुवा र सिन्धुपाल्चोकस्थित तातोपानी सुक्खा बन्दरगाहबाट जाँचपास गरिएका ईभी भाडा तिरेर चोभार सुक्खा बन्दरगाहमा राखिएका हुन् । बन्दरगाहमा राखिएका यी सवारीको प्रतिदिन १ सय २५ रुपैयाँ भाडा तिर्नुपर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘समितिले लजिस्टिक हबको अवधारणामा बनाएको संरचनामा ...
। चालु आर्थिक वर्ष २०८२/८३ को आधा समय घर्किंदा विकास खर्च १२ प्रतिशतमात्र भएको छ । यसले पुन: एक पटक राज्यको प्राथमिकता विकास निर्माणमा नभएको पुष्टि गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्म ४९ अर्ब ४२ करोड रुपैयाँमात्र विकास खर्च भएको छ । जुन वार्षिक लक्ष्यको १२.१२ प्रतिशत हो । यस वर्ष सरकारले गत ...
। चालु आर्थिक वर्षको प्रथम ६ महिना (साउन–पुस)सम्म पौने ६ खर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ । यसमा सबैभन्दा धेरै योगदान पुस महिनाको छ । अर्थ मन्त्रालयका अनुसार पुसमा मात्र १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । पुसमा मात्र १ खर्ब ९० अर्ब ७७ करोड राजस्व उठाउने लक्ष्य थियो। पुस ...
। हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना ...