— कांग्रेसका तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व सांसद रामहरी खतिवडाले निर्वाचन आयोगले गरेको निर्णय मान्नुको विकल्प नभएको बताएका छन् । शुक्रबार साँझ आयोगले कांग्रेस विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई मान्यता दिएसँगै यस्तो प्रतिक्रिया दिएका हुन् ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षमा रहेका खतिवडाले भने, 'निर्वाचन आयोगले गरेको निर्णय मानेर कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्छ ।'