मुख्य समाचार
गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित नै रहेको नयाँ अध्ययनको निष्कर्ष
गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित नै रहेको नयाँ अध्ययनको निष्कर्ष

— गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ ।

यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना पनि गरेका थिए ।

लान्सेट जर्नलमा प्रकाशित नयाँ रिभ्युमा यसको सुरक्षालाई लिएर बहस अन्त्य गरिनुपर्ने उल्लेख छ ।

यसअघि गत वर्ष ट्रम्प प्रशासनले पारासिटामोल र टायलेनोल (गर्भावस्थामा महिलाले लिने पेनकिलर) ले गर्भको बच्चामा अटिजम गराउनसक्ने बताएका थिए ।

यसले स्वास्थ्यकर्मी र गर्भवति महिलाहरुमा दुविधा उत्पन्न गराएको थियो । नयाँ अध्ययनले त्यसलाई खारेज गरेको छ ।

‘लान्सेट अब्सेट्रिक्स, गाइनोकोलोजी एन्ड वुमन्स हेल्थ’ मा प्रकाशित यस प्रतिवेदनले गर्भावस्थामा पारासिटामोलको प्रयोग सम्बन्धी ४३ वटा अध्ययन–प्रतिवेदनलाई विश्लेषण गरेको थियो । ती अध्ययनहरुमा लाखौं महिला समावेश थिए ।

अध्ययनले गर्भावस्थामा औषधी सेवन गर्ने आमा र औषधि सेवन नगर्ने आमाहरुको तुलनात्मक अध्ययन पनि गरेको थियो ।



‘जब हामीले यो विश्लेषण गर्‍यौं । तब पारासिटामोलले अटिजमको जोखिम बढाउने कुनै पनि प्रमाण देखेनौं । कुनै सम्बन्ध भेटिएन,’ अध्ययनकी लिड स्टडी लेखिका तथा परामर्शदाता अब्स्टेट्रिसियन प्रोफेसर आस्मा खालिलले भनिन् , ‘सन्देश स्पष्ट छ , चिकित्सकको निर्देशनअनुसार प्रयोग गर्दा पारासिटामोल गर्भावस्थामा सुरक्षित विकल्प मानिन्छ ।’

सेन्ट जर्ज, युनिभर्सिटी अफ लण्डनमा प्रोफेसर रहेकी खलिले थपिन्, ‘यो महत्वपूर्ण छ , किनकी पारासिटामोल हामीले गर्भवति महिलालाई दुखाई वा ज्वरोमा प्रयोग गर्नका लागि सिफारिस गर्ने पहिलो औषधि हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चालेको छ । अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने चेतावनी दिएको हो । मंगलबार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज ...
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...