मुख्य समाचार
आईसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफार्यसको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो
आईसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफार्यसको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो

: आईसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफार्यसको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डकी कप्तानले टस जितेर बलिङ गर्ने निर्णय लिएकी हुन्।


यस प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा बङ्गलादेश, आयरल्याण्ड, नामिबिया, पपुवान्युगिनी र अमेरिका रहेका छन्। त्यस्तै समूह ‘बी’मा घरेलु टोली नेपालसँगै थाइल्याण्ड, स्कटल्यान्ड, नेदरल्यान्ड र जिम्बाब्बे छन्।



समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष तीन टोली सुपरसिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकप खेल्नेछन्।

आज ग्लोबल क्वालिफार्यसमा आज ४ खेल रहेका छन्। त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा नेपाल र थाइल्यान्ड खेल्नेछन्। त्रिविको दोस्रो खेलमा जिम्बावे र नेदरल्यान्ड्सले खेल्नेछन्।

मूलपानी माथिल्लो मैदानमा पनि आज २ खेल रहेका छन्। पहिलो खेलमा अमेरिका र बंगलादेशले खेल्नेछन्। दोस्रो खेलमा आयरल्यान्ड र पपुवा न्युगिनीले खेल्नेछन्।

नेपालको प्लेइङ ११ :
इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता राना मगर, रिया शर्मा र सुमन विष्ट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नटिंघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनललाई गोलरहित बराबरीमा रोकेको छ । आर्सनलले एक अंकमा चित्त बुझाए पनि त्यसले धेरै घाटा भने गर्ने छैन। शनिबारकै अन्य खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइेटडको हातबाट २–० ले पराजित भएको हुनाले आर्सनल अनुकुल स्थितिमै रहेको हो । यस्तै चौथोमा रहेको लिभरपुल पनि बर्नलीको हातबाट ...
— घरेलु फुटबलका सदाबहार प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा ओर्लेको त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलको आफ्नो पहिलो खेलमा शनिबार प्रभावशाली जित निकालेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई ५–० ले सजिलै हराएको हो । अन्य दुई खेलमा भने माथिल्लो स्तरको फुटबलमा पहिलो पटक खेलिरहेका चित्लाङ एफसी र प्लानिङ ब्वाइज युनाइटेड पनि विजयी ...
— धनकुटा हात्तीखर्कका खेलप्रेमी युवाको सक्रियतामा खेल मैदानकालागि चन्दा संकलनबाट जग्गा खरिद गरिएको छ । छथर जोरपाटी १ हात्तीखर्कका युवाले २३ लाख ५० हजार रुपैयाँ चन्दा संकलन गरी टारीमा खेल मैदानकालागि साढे ६ रोपनी जग्गा खरिद गरेका हुन्। वर्षौदेखि खेल पूर्वाधार अभाव झेल्दै आएका टारी क्षेत्रका युवाले सात महिनादेखि सहयोग संकलन अभियान चलाएका थिए। टारीमेला खेलकुद विकास ...
— नेपाली क्रिकेट टोलीलाई पूर्व सांसद एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्माले ३० लाख प्रदान गरेका छन् । गत सेप्टेम्बरमा यूएईको शारजाहमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी–२० शृंखलामा विजय हात पारे नेपाली टोलीलाई ३० लाख प्रदान गर्ने घोषणा गरेका थिए । टेस्ट राष्ट्रसँग पहिलो पटक शृंखला खेल्ने क्रममा नेपालले वेस्ट इन्डिजसँगको सो शृंखला ऐतिहासिक ...
— चोटबाट मुक्त हुने प्रयासमा रहेका ओसमन डेम्बेलेको उत्कृष्ट प्रदर्शनको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार राति फ्रान्सेली लिग वानमा लिलाई ३–० ले पराजित गरेको छ । यस जितपछि पीएसजी कम्तीमा दुई दिनका लागि लिग तालिकाको शीर्ष स्थानमा छ । पीएसजीको १८ खेलबाट ४२ अंक भएको छ र यो दोस्रोमा रहेका लेन्समाथि दुई अंकको अग्रता ...