मुख्य समाचार
आईसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफार्यसको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो
आईसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफार्यसको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो

: आईसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफार्यसको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डकी कप्तानले टस जितेर बलिङ गर्ने निर्णय लिएकी हुन्।


यस प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा बङ्गलादेश, आयरल्याण्ड, नामिबिया, पपुवान्युगिनी र अमेरिका रहेका छन्। त्यस्तै समूह ‘बी’मा घरेलु टोली नेपालसँगै थाइल्याण्ड, स्कटल्यान्ड, नेदरल्यान्ड र जिम्बाब्बे छन्।



समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष तीन टोली सुपरसिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकप खेल्नेछन्।

आज ग्लोबल क्वालिफार्यसमा आज ४ खेल रहेका छन्। त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा नेपाल र थाइल्यान्ड खेल्नेछन्। त्रिविको दोस्रो खेलमा जिम्बावे र नेदरल्यान्ड्सले खेल्नेछन्।

मूलपानी माथिल्लो मैदानमा पनि आज २ खेल रहेका छन्। पहिलो खेलमा अमेरिका र बंगलादेशले खेल्नेछन्। दोस्रो खेलमा आयरल्यान्ड र पपुवा न्युगिनीले खेल्नेछन्।

नेपालको प्लेइङ ११ :
इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता राना मगर, रिया शर्मा र सुमन विष्ट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम